Websoft University

www.radiomakalu.com || 021-522512


रेसेपीः यसरी तयार गरौं स्वादिलो भेज बिरयानी



बिरयानी एक स्वादिष्ट भारतिय परिकार हो । बिरयानी भेज तथा ननभेज दुबैखाले बनाउन सकिन्छ । हामीले घरमै पनि बिरयानी बनाएर खान सक्छौ । हुन त यसका लागि अलि धेरै मरमसला आवश्यक हुन्छ, तर बनाउने विधी भने त्यती जटिल छैन ।



यहाँ दुई जनालाई पुग्ने भेज बिरयानीको रेसेपी दिइएको छ ।

आवश्यक सामग्री

– ३ कप बासमती चामल (लामो दाना भएको)

– २ सुकुमेल

– २ ल्वांग

– दालचिनीको सानो टुक्रा

– १ सानो तेजपत्ता

– नुन स्वाद अनुसार

ग्रेभीको लागि

– काटेको एउटा सानो आलु

– एक चौथाई कप फूलगोभी

– एक चौथाई कप गाजर

– एक चौथाई कप सिमी

– एक चौथाई कप हरियो मटरको दाना

– १ वटा प्याज, लामो काटेको

– २ वटा हरियो खुर्सानी, बियाँ निकालेको

– १ चिया चम्चा लसुन र अदुवाको पेस्ट

– चार, पाँच वटा मरिच

– आधा चिया चम्चा जिरा

– आधा चिया चम्चा रातो खुर्सानीको धुलो

– आधा चम्चा बेसार

– एक चिया चम्चा जीरा र धनियाको धुलो

– आधा चम्चा गरम मसला

– आधा कप दही

– दुई चम्चा जति धनिया

– ३ चम्चा तेल

– नुन स्वाद अनुसार

बिरयानीको दम पकाउनका लागि

– एक चौथाई कप तारेका प्याज

– १ ठूलो चम्चा घिउ

– १ ठूलो चम्चा तातो दुधमा भिजाएको केसर

– केही पत्ता पदिना



कसरी तयार गर्ने ?

१. सबैभन्दा पहिला चामललाई पानीमा भिजाउनु पर्छ

२. त्यसपछि ग्रेभी तयार गर्ने

३. जब ग्रेभी आधा पाक्छ, तब चामल पकाउन सुरु गर्ने

४. चामल र ग्रेभीलाई एकसाथ कुनै भाँडामा पकाउने

बनाउने विधी

– सबै सब्जीलाई समान आकारमा काट्ने । प्याज र खुर्सानीलाई लाम्चो अकारमा काट्ने ।

– एक प्यानमा मध्यम आँचमा तीन ठूलो चम्चा तेल तताउने । त्यसमा प्याज, खोर्सानी, अदुवा लसुनको पेस्ट, मरिच, सुकुमेल र थोरै जिरा हाल्ने । जबसम्म प्याज हल्का सुनौलो रंगको हुँदैन, त्यसबेलासम्म भुट्ने ।

– त्यसमा आलु, फूलगोभी, गाजर हाल्ने र तीन-चार मिनेट भुट्ने ।

– त्यसमाथि सिमी, हरियो मटर र नुन हाल्ने । यसलाई राम्ररी चलाएर छोपिदिने । सब्जीलाई धेरै गल्न नदिने । हल्का पकाउने, जसका लागि बढीमा ७ मिनेट लाग्न सक्छ ।

– त्यसरी पकाएको सब्जीमा रातो खुर्सानीको धुलो, बेसार, जिरा धनियाको धुलो, गरम मसला हाल्ने र चलाउने । अब १ मिनेट पाक्न दिने ।

– त्यसपछि दही र हरियो धनियाँ हाल्ने ।

– त्यसलाई राम्ररी घोल्ने र १ मिनेट पकाउने । त्यसपछि आगो बन्द गरिदिने । जबसम्म चामल पाक्दैन, तबसम्म छोपेर राख्ने ।

चामल पकाउने विधी

– १५ मिनेट जति पानीमा भिजाएको चामलाई गहिरो प्यानमा मध्यम आँचमा पकाउने । जब चामलको पानी उम्लन थाल्छ, त्यसमा दुई सुकुमेल, ल्वाङ, दालचिनी, तेजपत्ता र नुन हाल्ने । जब चामल ८५ प्रतिशतजति पाक्छ, तब त्यसलाई ७ मिनेटजति उमाल्ने ।

– चामललाई पुरै नपकाउने । चामललाई निकालेर त्यसको पानी छान्ने ।

बिरयानीको विधी

– तयार गरेको आधा जति ग्रेभीलाई अलि ठूलो भाडामा फैलाएर राख्ने । त्यसमाथि चामललाई फैलाउने । उक्त चामलमाथि दुधमा भिजाएको केसर छर्कने ।

– समान रुपले काटेर तारेको प्याज, हरियो धनिया र केहि पदिना त्यसमाथि राख्ने ।

– त्यसमाथिबाट बाँकी रहेको ग्रेभी समान रुपले फैलाइदिने ।

– त्यसमाथि एक ठूलो चम्चा घिउ हाल्ने । र, फिटिङ ढक्कनले छोपिदिने । त्यसलाई मध्यम आँचमा एकछिन पकाउने ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget