Websoft University

www.radiomakalu.com || 021-522512


तपाईले सेवन गर्ने खरबुजा कतै बिषाक्त त छैन ?





गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । खरबुजा गर्मीको मौसमी फल हो । यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, अरु थुप्रै फाइदा गर्छ । कतिपय दीर्घ रोगमा समेत यसको सेवन लाभदायक मानिन्छ ।तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान त पुर्‍याइरहेको छैन ? सतर्क हुनैपर्छ । किनभने बजारमा पाइने खरबुजामा हानिकारक रसायन मिसाइएको हुनसक्छ । खासगरी छिटै पकाएर बिक्री गर्ने चक्करमा खरबुजामा विषाक्त रसायन राखिने गर्छ । हेर्दा रातो एवं रहरलाग्दो देखिने खरबुजामा यस्तो रसायन मिसिएको हुनसक्छ ।
के गरिन्छ ?
– खरबुजा पकाउनका लागि अक्सीटोसिन इन्जेक्सन प्रयोग गरिन्छ ।
– अक्सिटोसिनले पकाइएको फल सेवन गर्दा हर्मोनसँग सम्बन्धित रोग लाग्न सक्छ । यसको असर धेरैजसो महिलामा बढी हुन्छ ।
– खरबुजामा सिन्थेटिक रंग पनि प्रयोग गरिन्छ । सैकरिनले खरबुजालाई मिठो बनाउँछ । तर, यो शरीरको लागि हानिकारक हुन्छ ।
कसरी चिन्ने ?
– खरबुजा खरिद गर्नुअघि यसलाई काट्नुहोस् । यदि बोक्राको तल्लो भाग हरियो र हल्का सेतो छ भने त्यो प्राकृतिक तरिकाले पाकेको हुन्छ ।
– यदि खरबुजा काटेर हेर्दा त्यसको बोक्राको मुनी धेरै रातो देखियो भने त्यसमा सिन्थेटिक रंग मिसाइएको हुनसक्छ ।
– खरिद गर्नुअघि यो पनि हेरौं कि, खरबुजाको आकार सबैतिर एकैनास होस् । कतै काटिएको वा प्वाल परेको छ भने त्यस्तो खरिद गर्नु हुन्न ।
यसरी सेवन गरौं
– खरबुजा खानुअघि १० मिनेट वा १५ मिनेटसम्म पानीमा डुबाएर राखौं । यसले गर्दा खरबुजाको माथिल्लो सतहमा लागेको रसायन पखालिन्छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget