Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ बिमा कम्पनीको रुपमा आउन यी संस्था थिए तयार




काठमाडौं,चैत २० गते  । चुक्ता पुँजीको नयाँ मापदण्ड आएसँगै नयाँ दर्ता प्रक्रियामा रहेका कम्पनीहरुले पनि अनुमती पाउँने छाँटकाँट देखिएको छ ।

हालै मेगा बैंकको सञ्चालक समितिको बैठकले बीमा कम्पनी सञ्चालन गर्ने निर्णय गरेको छ । बैंकले चैत ३ गते हुने बार्षिक साधारण सभाबाट कुनै सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक सेयर लिएर बीमा कम्पनी स्थापना गरेर जीवन र निर्जीवन बीमा कम्पनी सञ्चालन प्रस्ताव पारित गरेको छ ।


भारतमा बैंक सहित बीमा कम्पनी चलाइरहेको एसबिआई बैंकको नेपालीसँगको साझेदारीमा स्थापित नेपाल एसबीआई बैंकले पनि नेपालमा पनि बीमा कम्पनी चलाउने तयारी गरिरहेको छ ।

यसबाहेक बीमा समितिमा बैंक तथा वित्त कम्पनी र यससँग सम्बन्धित कम्पनीहरुले ७ भन्दा बढि कम्पनी दर्ताको लागि आवेदन दिएका थिए ।

यो मेसोमा सबैभन्दा पछिल्लो पटक तत्कालिन महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी बिकास बैंक) ले ४ करोड ७० लाख सेयर रहने गरि महालक्ष्मी लाइफ इन्स्योरेन्स स्थापना गर्न आवेदन दिएको थियो ।

सो समय रिलायबल डेभलपमेन्ट बैंकले रिलायबल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंकले रिलायन्स लाइफ इन्स्योरेनस, तत्कालिन पब्लिक डेभलपमेन्ट बैंकले सन नेपाल लाइफ इन्स्योरेन्सको अनुमतिको लागि दर्ता गराएका थिए ।

त्यस्तै, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सले स्ट्रार लाइफ इन्स्योरेन्स र नेपाल डभलपमेन्ट बैंकर्स एशोसिएशनले पनि जनरल इन्स्योरेन्स स्थापनाको अनुमती मागेका थिए । समितिले हालसम्म भने आधिकारिक रुपमा नयाँ बीमा कम्पनी खोल्न सकिने नसकिने सु्चना सार्वजनिक गरेको छैन् ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget