Websoft University

www.radiomakalu.com || 021-522512


बाबुराम र हिसिलाको संयोगः प्रचण्डका हातबाट दुईचोटि पक्राउ




रोल्पाको गिरफ्तारीः बाबुरामले बिर्सिए फेसबुकमा लेख्न

 काठमाडौं,  चैत २० गते  । निर्वाचन आयोग घेराउ गर्न जाने क्रममा पक्राउ परेपछि डा.बाबुराम भट्टराईले प्रहरीको २ नम्बर गणबाटै फेसबुकमा स्टाटस लेखे । उनले आफ्नो जीवनमा पाँचौंपटक गिरफ्तारीमा परेको स्टाटसमा उल्लेख गरे ।

तर, डा. भट्टराईले पाँचौंं गिरफ्तारीको विवरणहरु उल्लेख गरिरहँदा जनयुद्धकालमा माओवादी छापामारबाटै रोल्पामा गिरफ्तार भएको घटना भने छुटाएका छन् ।


बाबुराम फेसबुकमा लेख्छन्- ‘जीवनको पाँचौं राजनीतिक गिरफ्तारीपछि नेपाल प्रहरी २ नम्बर गण महाराजगञ्जमा । पहिलो २०३६ सालमा भारत सरकारद्वारा दिल्लीमा, दोस्रो र तेस्रो राजा वीरेन्द्रको पञ्चायती सरकारद्वारा २०४२ र २०४३, चौथो बहुदलीय व्यवस्थामा गिरिजा सरकारद्वारा २०५० सालमा, पाँचौं गणतान्त्रिक प्रचण्ड सरकारद्वारा अहिले ।

डा. बाबुरामले जनयुद्धकालमा प्रचण्डको आदेश अनुसार ०६१ सालमा रोल्पामा गिरफ्तार भएर माओवादी छापामारको हिरासतमा राखिएको घटनाचाँहि फेसबुकमा उल्लेख गर्न बिर्सिएका छन् ।

संयोग के परेको छ भने प्रचण्ड प्रधानमन्त्री भएकै बेला आइतबार पक्राउ परेका डा. बाबुराम १२ वर्षअघि पनि प्रचण्ड सुपि्रमो भएको जनमुक्ति सेनाबाट पक्राउ परेका थिए, त्यो पनि प्रचण्डकै आदेश अनुसार ।

अर्को संयोगः प्रचण्डको नेतृत्वमा पहिलोचोटि पक्राउ पर्दा बाबुराम पत्नी हिसिला यमीसहित दम्पत्ति नै परेका थिए । आइतबार प्रचण्ड सरकारको गिरफ्तारीमा पनि दुबैजना सँगै प्रहरी हिरासतमा थुनिएका छन् ।

माओवादीले जनयुद्धका बेला बाबुराम र हिसिलालाई आन्तरिक कारवाही गरेर हिरासतमा राखेको थियो । अहिले बाबुराम पूर्वप्रधानमन्त्रीको हैसियतमा छन्, त्योबेला माओवादीले समानान्तर सत्ताको अभ्यास गरेको केन्द्रीय जनसरकारका प्रमुख अर्थात विद्रोही सत्ताका ‘प्रधानमन्त्री’कै हैसियतमा थिए । अहिले बाबुराम र प्रचण्डको पार्टी नै अलग भइसकेको छ ।

जनयुद्धकालमा छापामार सेनाबाट गिरफ्तार भएका बाबुरामलाई तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमपछि राजनीतिक परिस्थिति फेरिएको भन्दै प्रचण्डले हिरासतमुक्त गरेर दिल्ली पुर्‍याएका थिए । त्यसैको जगमा १२ बुँदे समझदारी हुँदै मुलुक अहिलेको अवस्थामा आइपुगेको छ । र, प्रचण्ड जनयुद्धको सुपि्रमोबाट अहिले नेपाल सरकारको प्रधानमन्त्री बनेका छन् ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget