Websoft University

www.radiomakalu.com || 021-522512


अधिकार कार्यान्वयन गर्न संविधान अपरिहार्य

अधिकार कार्यान्वयन गर्न संविधान अपरिहार्य
काठमाडौँ,  चैत १९ गते  । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नका लागि पनि निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । एमाले नगर समन्वय समितिले आयोजनामा भएको बुढानीलकण्ठ नगरपालिका नगर समन्वय कमिटीको कार्यालयको स्थानीय सुन्दरबस्तीमा उद्घाटन गर्दै नेत्री शाक्यले नेपाली जनताका लागि निर्वाचन अत्यन्तै आवश्यक रहेकाले तोकिएकै समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानले विशेष गरी महिला र दलितको अधिकारलाई पूर्ण रुपमा सुनिश्चित गरेकाले अधिकारको प्रयोग गर्नका लागि उनीहरुलाई सक्रिय रुपमा निर्वाचनमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराईले अब निर्वाचन कसैले पनि रोक्न सक्दैन भन्दै संविधानको रक्षा र कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितिर लैजान सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनलाई रोक्न खोज्ने कुनै पनि तत्वलाई जनताले निर्वाचनकै माध्यमबाट अलग्याउने हुँदा विवेकअनुरुप काम गर्न डा भट्टराईले सबैलाई अनुरोध गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget