Websoft University

www.radiomakalu.com || 021-522512


विराटनगरमा सम्भावित उम्मेदवारको चर्चा–परिचर्चा


विराटनगरमा सम्भावित उम्मेदवारको चर्चा–परिचर्चा

विराटनगर,  चैत  १९ गते । निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चर्चा–परिचर्चाले तीव्रता पाएको छ । मोरङको ग्रामीण क्षेत्रदेखि विभिन्न बजारका चोक चोक तथा विराटनगर उपमहानगरपालिकाका गल्ली गल्लीमा निर्वाचनकाका बारेमा चर्चा–परिचर्चा सुरु भएको छ ।


 ‘यो निर्वाचन सम्पन्न भएपछि बढीमा नौ महिनाभित्रै सङ्घीय प्रदेश र संसद्को निर्वाचन हुन्छ’ । स्थानीय तहको निर्वाचनको अत्यधिक प्रभाव ती दुई निर्वाचनमा पर्ने भएकाले सबै दलले आफ्ना उम्मेदवारलाई जिताउनका लागि आन्तरिक रुपमा प्रचारप्रसार सुरु गरिसकेका छन् ।

यतिखेर विराटनगरका चोकहरुमा कुन पार्टीबाट को–को उम्मेदवार हुने विषयमा अड्कल सुरु भएका छन् । निर्वाचनमा कुन पार्टीका नगर प्रमुख हुने र कसलाई उम्मेदवार बनाउँदा जित हुने विषयमा समेत चर्चा हुन थालेका छन् । विराटनगर उपमहानगरपालिकाको प्रमुखमा एक दर्जनभन्दा बढी व्यक्तिले सार्वजनिक रुपमै उम्मेदवार बन्ने इच्छा प्रकट गरिसकेका छन् ।

वैशाख ३१ गते नै निर्वाचन हुने सम्भावना बढ्न थालेपछि मतदातामा देखिएका अन्योलता क्रमिक रुपमा घट्न थालेका छन् । दुई दशकको अन्तरालमा हुन गइरहेको यस निर्वाचनमा पहिलोपल्ट उम्मेदवार बन्न इच्छुक भएका व्यक्ति र पहिलोपल्ट मतदान गर्ने अवसर प्राप्त गरेका मतदाता दुबै अत्यधिक उत्साहित देखिन्छन् ।

विराटनगर उपमहानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका आधा दर्जनभन्दा बढीले आफ्ना इच्छा सार्वजनिक गरिसकेका छन् । यसरी इच्छा जाहेर गर्नेहरुमा नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुलीका साथै राजु थापा, गीता आचार्य, मनोज बस्नेत, नारायणबाबु कार्की र पूmलकुमार लालवानी रहेका छन् ।

सो पदमा नेकपा (एमाले)को तर्फबाट पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पार्टीका पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी, सागर थापा, बाबुराम कार्की र भगवान थापाको चर्चा–परिचर्चा छन् । यस्तै नेकपा माओवादी(केन्द्र)बाट भोगेन्द्र यादव र उपप्रमुखमा नमिता न्यौपानेले विराटनगर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिइने सम्भावना रहेको चर्चा छ ।

विराटनगर उपमहानगरपालिकाको प्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट विराटनगर उपमहानगरपालिका पूर्वप्रमुख प्रह्लाद साह र दुर्गा अधिकारी तथा दिनेश साहको चर्चापनि त्यत्तिकै छ । मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने चर्चा सँगै अब निर्वाचन निश्चित रुपमै हुने विश्वास आम मतदातामा देखिएका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget