Websoft University

www.radiomakalu.com || 021-522512


दलीय चुनाव चिन्ह नदिए प्रचण्ड सरकारलाई धुलो चटाउँछौं: बाबुराम



काठमाडौं,चैत २६ गते   । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए प्रचण्ड सरकारलाई धुलो चटाएरै छाड्ने बताएका छन् । प्रचण्डकै निर्देशनमा संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह नदिने गरी स्थानीय तह निर्वाचन ऐन ल्याएको हुन सक्ने उनले बताए ।


सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा भट्टराईले संसदमा नभएको दललाई चुनाव चिन्ह नदिनु लोकतन्त्र र संविधान विरोधी भएको बताए । लोकतन्त्रविरुद्ध जानेलाई कुर्सीबाट खसाल्ने परम्परा नै रहेको भन्दै उनले भने, ‘प्रचण्ड सरकारलाई धुलो चटाएर छाड्छौं ।’

दलीय चुनाव चिन्हका लागि आन्दोलनको आँधीवेहरी सृजना गर्ने उनले दाबी गरे ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget