Websoft University

www.radiomakalu.com || 021-522512


नुवाकोटका दुई नगरपालिकामा चुनावी सरगर्मी, यस्ता छन् प्रमुख दलका आकांक्षी




नुवाकोट, चैत २६ गते   । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि धेरै बढेको छ । जिल्लामा तीन ठूला दलबाट बन्ने उम्मेदवारको चर्चा चल्न थालेको छ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) वडास्तरीय तथा नगर र गाउँपालिकास्तरीय सङ्गठन विस्तारमा जुट्न थालेका छन् ।


यहाँका दुई नगरपालिकामा प्रमुखमा को–को उम्मेदवार होलान् भनेर चर्चा चल्न थालेको छ भने केही सामाजिक सञ्जालमार्फत प्रमुखका लागि आआफ्नो उम्मेदवारीसमेत घोषणा गर्न थालेका छन् । दलले आधिकारिक रुपमा कोही कसैलाई उम्मेदवार भनेर अघि नसारेपछि कार्यकर्ताबीच सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको हो ।

काँग्रेसले पनि विदुर नगरपालिकाको जितलाई प्राथमिकतामा राख्दै ध्रुव अधिकारीलाई प्रमुखको उम्मेदवार बनाउने सम्भावना बलियो देखिएको छ । अन्य दाबेदारमा पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, बिन्दा अर्याल, विष्णु आचार्य, रामप्रसाद जोशी, हरिकृष्ण श्रेष्ठ, हरिलाल श्रेष्ठ, मोहनबहादुर खड्का, फैसिंह तामाङ, शिवप्रसाद गजुरेल, भरत खड्कालगायतको नाम आएको छ ।

विदुर नगरपालिकाका लागि नेकपा (एमाले)बाट केही नेता प्रमुखका उम्मेदवार बन्न आकाङ्क्षी देखिएका छन् । एमालेबाट हाल जिल्ला कमिटीका सचिव बुद्धि प्रधान, पूर्वप्रमुख ठाकुरप्रसाद गजुरेल, विदुर नगर एमाले संयोजक शरणउत्सुक सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य पार्वती प्याकुरेल, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनाल, सञ्जु पण्डित, रामकृष्ण राजभण्डारीलगायतको नाम बाहिर आएको छ ।

दुई कार्यकाल प्रमुख भइसकेका गजुरेलले पार्टी छाडेर डेढ दशकपछि गत वर्ष मात्र एमलेमा प्रवेश गरेकाले पार्टी पङ्क्तिमा पुरानालाई होइन नयाँलाई उम्मेदवार बनाउनुपर्छ भन्ने कुरा पनि आएको छ । एमाले विदुर नगरकमिटीका संयोजक सापेकाटा प्रमुखका लागि अब नयाँ पुस्तालाई पार्टीले अघि सार्नुपर्ने बताउँछन् ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखका लागि पार्टी अध्यक्ष हिरानाथ खतिवडाले रुचि देखाएका छन् । खतिवडाबाहेक लीलानाथ न्यौपाने, राजेन्द्र महर्जन, नारायणबहादुर पाण्डे, सन्तोष रिजाल, सुभद्रा नेपाल, मधु दवाडीको नाम पनि चर्चामा छ ।

संसद्को चौथो ठूलो दल राप्रपाले कमानसिंह लामा, पूर्णलाल श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, रामकृष्ण भट्टलगायतमध्येबाट उम्मेदवार बनाउने सम्भावना छ । नयाँ शक्ति नेपालले भने नवराज ढुङ्गाना, चेतनाथ अधिकारी, भीमलाल तामाङ, शर्मिला थापामगरलगायतमध्येबाट उठाउने बताइएको छ ।

नयाँ नगरपालिका बेलकोटगढीको प्रमुखका लागि पनि थुप्रै आकाङ्क्षी देखिएका छन् । राजनीतिमा धेरै भोटो फटाएकादेखि नयाँ पुस्तासम्मको नाम बाहिर आएको छ ।
काँग्रेसका तर्फबाट विष्णुराज नेपाल, प्रताप लामा, भूपेन्द्र बानियाँ, बैकुण्ठ पाण्डे, बद्री त्रिपाठी, इन्द्र लामा, सुकदेव दाहाल, जयराम दाहाललगायतको नाम आएको छ ।

सााबिकका बेलकोट, कुमरी, दुईपिपल, रातमाटे, जिलिङ र मदानपुर गाविसलाई मिलाएर बनाइएको बेलकोटगढीमा एमालेबाट प्रमुखको बलियो दाबेदार वासुदेव कडुवाल देखिएका छन् ।

साबिकको बेलकोट गाविसका पूर्वअध्यक्ष कडुवाल एमालेका अघिल्लो जिल्ला समितिको सचिव हुन् । कडुवालले नपाएमा विष्णु लोहनीले टिकट पाउने सम्भावना बलियो रहेको एमालेवृत्तमा चर्चा छ ।

यस्तै, बेलकोटगढीका लागि राजेन्द्ररमण खनाल, ठाकुर पुडासैनी, माधवप्रसाद गजुरेल, यमप्रसाद खतिवडा, नवराज तिवारीलगायतको नाम पनि सतहमा आएको छ ।

माओवादी केन्द्रबाट रामप्रसाद ढुङ्गाना, पूर्वसभासद् विमला सुवेदीदेखि मुकुन्द पौडेल, जगतबहादुर लामाको नाम आएको छ । राप्रपाबाट ईश्वर दाहाल, माधव पौडेललगायतको नाम चर्चामा छ ।

नयाँ शक्तिबाट राजकुमार रेग्मी, नवराज ढुङ्गाना, गोकर्ण न्यौपाने पनि महत्वाकाङ्क्षीका रुपमा देखिएका छन् ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget