Websoft University

www.radiomakalu.com || 021-522512


सुरक्षा भत्ता नपाएको भन्दै वृद्धवृद्धाको गुनासो



सुरक्षा भत्ता नपाएको भन्दै वृद्धवृद्धाको गुनासो

उदयपुर,  चैत २१ गते  । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका, चौदण्डी तथा त्रिुयगा र कटारी नगरपालिका क्षेत्रका वृद्धवृद्धाले आफूहरूले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेको भन्दै गुनासो पोख्न थालेका छन् । सरकारले छ महिनादेखि आफूहरूलाई सामाजिक सुरक्षा भत्ता नदिएको कारण आफूहरू भत्ताविहीन भएर बस्नुपरेको त्रियुगा नगरपालिका–२ जोगिदहका ८० वर्षीय दुर्गाबहादुर खड्काले गुनासो गर्नुभयो ।

यस्तै चौदण्डी नगरपालिका–७ का ७८ वर्षीय प्रेमबहादुर कटुवालको पनि गुनासो यस्तै रहेको छ । कटुवाल भन्नुहुन्छ, “सुरुमा नियमित भक्ता पाउने गरे पनि छ महिनादेखि आफूहरू भत्ताविहीन भइयो, भक्ता पाइन्छ भनेर पसल तथा गाउँघरमा उधारोमा माछा, मासु र घिउलगायतका वस्तु खाइएको छ, तर समयमा भत्ता पाउन नसक्दा खाएको ऋण पनि तिर्न सकिएन ।”

समयमा सामाजिक सुरक्षा भत्ता पाउन नसकिएको भन्दै अहिले यस क्षेत्रका वृद्धवृद्धा के कारणले आफूहरूले समयमा भत्ता पाउन नसकिएको हो भनेर बुझिदिनको लागि पटकपटक गाउँका अगुवा, पत्रकार र सम्बन्धित अधिकारीकर्मीसम्म पुग्न थालेको उनीहरू बताउँछन् ।

यस विषयमा यस क्षेत्रका सम्बन्धित नगरपालिकाका अधिकारी भने विभिन्न प्राविधिक कारण र बैंकका खाता खोल्न पर्ने कारण भत्ता उपलब्धमा ढिलाइ भएको बताउने गरेका छन् ।

त्रियुगा नगरपालिका गाईघाटका प्रमुख अधिकृत उद्धवप्र्रसाद रिजालका अनुसार बैंकमा खाता खोल्न पर्ने प्रावधान रहेको कारण धेरै वृद्धवृद्धाको अहिले पनि खाता खोल्न बाँकी रहेको कारण समस्या रहेको बताउनुहुन्छ । तर यता वृद्धवृद्धा भने आफूहरूलाई सहज तरिकाले कुनै कानुनी झन्झट बिनानै भत्ता उपलब्ध गराउन पर्ने मागसमेत गर्न थालेका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget