Websoft University

www.radiomakalu.com || 021-522512


खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने तामाङ पक्राउ


खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने तामाङ पक्राउ
भोजपुर , चैत्र २१ गते । भोजपुरको भोजपुर नगरपलिका ११ आम्तेकमा शनिबार आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका ३८ बर्षिय हर्क बहादुर तामाङ (मोक्तान) लाई प्रहरीले आइतवार पक्राउ गरेको छ । तामाङले ३५ बर्षिया श्रीमती मुना तामाङलाई खुकुरीले प्रहार गरी हत्या पश्चात १२ बर्षिया छोरा सौगात तामाङलाई समेत साथमा लिई फरार रहेको प्रहरीले जनाएको छ ।

हत्या पश्चात जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट संयुक्तरुपमा खटिएको प्रहरीको टोलीले तामाङलाई बाबु छोरालाई आइतबार बेलुका ७ बजे घटनास्थलबाट अन्दाजी डेढ घण्टा पर्ने जंगलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।-पुर्बेलीन्युजबाट

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget