Websoft University

www.radiomakalu.com || 021-522512


नेपालकाे इतिहासमै पहिलाे पटक PLO U 19 राष्ट्रिय क्रिकेट प्रतियाेगिता हुने



नेपाली उमेरकाे समुह अन्तरगत क्रिकेटकाे दुनियामा इतिहासमै पहिलाे पटक अाउदाे चैत्र २७ गते देखी ३१ गते सम्म पूर्वकाे केन्द्र इटहरीमा पिएलअाे प्रथम U 19 राष्ट्रिय इटहरी प्रिमियर लिग हुने भएकाे छ । इटहरीस्थित पाथिभरा हाेटलमा पत्रकार सम्म्ेलनकाे अायषाेजना गर्दै इटहरी क्रिकेट एकेडेमिले यस्ताे बताएकाे हाे ।

इटहरी क्षेत्रलार्इ क्रिकेट खेलकाे माध्यमबाट चिनाउन र सक्षम खेलाडीहरू उत्पादन गरी मुलुकमा नाम राख्ने उद्येश्यले उक्त क्रिकेट प्रतियाेगिता अायाेजना गरिएकाे अायाेजकले पत्रकार सम्मेलनमा बताएकाे छ । उक्त प्रतियाेगितालार्इ माेरङकाे बिराटचाैकस्थित पिएलअाे लुब्रिकेन्टस प्रालीले मुख्य प्रायेजन गरेकाे छ ।



इटहरीकाे डिभिएम स्कुलस्थित प्राङगणमा हुने क्रिकेट प्रतियाेगिका उमेरकाे हिसाबले नेपालकाे इतिहासमै पहिलाे क्रिकेट प्रतियाेगिता रहेकाे इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलास बिस्टले दाबि गरेका छन । पत्रकार सम्मेलनमा बाेल्दै एकेडेमिका अध्यक्ष बिस्टले यस प्रतियाेतालार्इ बिराटचाैक स्थित पूर्वाञ्चल ल्युव अायलले बिशेष सहयाेग गरेकाे बताए ।

उन्ले प्रतियाेगिताकालागि सम्पूर्ण तयारी पुरा भइसकेकाे बताउदै पाँच बिकाश क्षेत्र र अायाेजक गरी ६ टिमले क्रिकेट खेलमा सहभागीता जनाउने पनि बताए । प्रतियाेगितामा प्रथम हुने बिजयी टिमले नगद रू ५० हजार ट्रफि , मेडल , र प्रमाणपत्र पाउने दाेश्राे उपबिजेता टिमलार्इ नगद रू ३० हजार ट्रफि , मेडल , र प्रमाणपत्र प्रदान गरिने त्यसै गरी प्रतियाेगिताका सर्वाेत्कृस्ट वलरलार्इ रू २ हजार ५ सय तथा सर्वाेत्स्ट खेलाडीलार्इ रू पाँचसय प्रदान गरिने बताए ।

साथै पत्रकार सम्मेलनमा प्रतियाेगिताभरी खेलाडीहरूलार्इ अाउने जाने सवारी भाडा , खान बस्न एवम सम्पूर्ण सेवा सुविधाकाे ब्यवस्था मिलाइउकाे बताइएकाे छ ।-पुर्बेलीन्युज बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget