Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पबाट प्रभावित सोलुखुम्बुका सातवटा विद्यालयको भवन निर्माण

भूकम्पबाट प्रभावित सोलुखुम्बुका सातवटा विद्यालयको भवन निर्माण

सोलुखुम्बु, वैशाख ७ गते । हिमालयन ट्रष्टले दुई वर्षअघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका विभिन्न सातवटा विद्यालयमा भूकम्प प्रतिरोधी ३७ वटा नयाँ कक्षाकोठा निर्माण गर्नुका साथै छवटा कक्षा कोठा मर्मत गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ ।



भूकम्पलगत्तै कक्षा सञ्चालनका लागि विभिन्न विद्यालयमा पाल उपलब्ध गराउनुका साथै सिकाइ केन्द्रसमेत निर्माण गरिदिएको ट्रष्टले जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर रु चार करोड तीन लाख ८३ हजार ९६० को लागतमा सातवटा विद्यालयमा नयाँ भवन निर्माण तथा आंशिक क्षति भएका कक्षाकोठाको मर्मत गरेको ट्रष्टका जिल्ला संयोजक नव भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो ट्रष्टले ल्हमुकर्मा आधारभूत विद्यालय गोली–९ मा तीनकोठे नयाँ भवन र गोली आधारभूत विद्यालय गोली–७ गेप्चुकामा छ कोठे भवन निर्माणका साथै आंशिक क्षति भएका दुईवटा कक्षाकोठा मर्मत गरिदिएको हो ।

यस्तै बेनी आधारभूत विद्यालय सोलुदूधकुण्ड नगरपालिका–२ मा चार कोठे नयाँ भवन, जुनबेसी माध्यमिक विद्यालय सोलुदूधकुण्ड नगरपालिका–२ मा १२ वटा कक्षा कोठा भएको दुईवटा भवन, पिके माध्यमिक विद्यालय सोलुदूधकुण्ड नगरपालिका–३ मा नौवटा कक्षाकोठा भएको दुईवटा भवन, जनजागृति माध्यमिक विद्यालय सोलुदूधकुण्ड नगरपालिका–५ मा तीनवटा कक्षाकोठा भएको एउटा भवन निर्माणका साथै ज्वालामाई आधारभूत विद्यालय सोलुदूधकुण्ड नगरपालिका–३ मा चारवटा कक्षा कोठा मर्मत गरिदिएको छ ।

भूकम्पका कारण विद्यालयभवन क्षतिग्रस्त हुँदा कक्षा सञ्चालनमा समस्या भइरहेका बेला सो ट्रष्टले भवन निर्माण गरिदिएपछि कक्षा सञ्चालनमा सहज भएको पिके माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर मगरले बताउनुभयो ।

प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीद्वारा स्थापित हिमालयन ट्रष्टले सोलुखुम्बुका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, शिक्षक तलब, छात्रवृत्ति प्रदान तथा भौतिक निर्माणको काम गर्दै आएको छ । ट्रष्टले जिल्लामा भूकम्पबाट क्षति भएका थप आठवटा विद्यालयमा ३३ वटा नयाँ कक्षाकोठा र खुम्जुङ माविमा १८५ मिटर लामो पर्खाल लगाउन लागेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget