Websoft University

www.radiomakalu.com || 021-522512


गरिब तथा असहाय विद्यार्थीहरुलाई सहयोग



धरान, वैशाख ७ गते । धरान रन समूहले पाचौ नेवा च्यारिटी ८ के रन प्रतियोगिताबाट बचेको रकम नेवा च्यारिटी एजुकेशन फण्डको निर्माण गरी गरिब तथा असहाय विद्यार्थीहरुलाई सहयोग गरेको छ ।

युवाहरुलाई कुलतबाट बचाउदै सामाजिक कार्यमा अग्रसर गराउने र पिछडिएका समुदायलाई सहयोग पु¥याउदै आएको युवाहरुको समूह धरान रनले २०७३ फागुन १४ गते आयोजना गरेको ८ के रन प्रतियोगिताबाट उठेको रकमबाट खर्च गरेर बचेको २ लाख ५० हजार रुपैयाको अक्षय कोषबाट धरानमा रहेका तीन सामुदायिक विद्यालय र एक निजी विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामान किताव, कपी, डटपेनका साथै विद्यालय युनिफर्म समेत प्रदान गरेको हो ।



रनले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी धरान १९ किरातेश्वर माविमा कक्षा ७ मा अध्यनरत विद्यार्थी मनिता घतानी, धरान ८ को ल्याबोरेटरी उच्च माविमा कक्षा २ अध्ययनरत विद्यार्थी एलिसा क्षेत्री, निकेतन उच्च माविमा कक्षा ८ मा अध्ययनरत मतिराज राईलाई कोर्षमा भएको पाठ्यपुस्तक, कापी, कलम र ड्रेस वितरण गरेको हो भने सनराइज बोर्डिङ्ग स्कुलमा कक्षा ६ मा अध्ययनरत अविनाश देवलाई पुस्तक वितरण गरेको छ ।



प्रतियोगिताबाट आर्जन भएको रकममध्ये खर्च खटाएर बचत १ लाख ५० हजार र धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईकी आमा भक्तमाया राईले हस्तान्तरण गरेको थप १ लाख गरी २ लाख ५० हजारको एजुकेशन फण्ड निर्माण गरी पहिलो चरणमा चार विद्यार्थीलाई सहयोग गरेको धरान रन समूहका अध्यक्ष रमु राईले जानकारी दिनुभयो ।-गोविन्द बस्नेत

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget