Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेसको चुनाव प्रचार समितिमा किशोर नेपालदेखि सुरेश आचार्यसम्म




काठमाडौं, चैत ३० गते   । नेपाली कांग्रेसले चुनाव प्रचार-प्रसारका लागि समिति गठन गरेको छ । कांग्रेसको प्रचार समितिमा बरिष्ठ पत्रकार किशोर नेपालदेखि सुरेश आचार्यसम्म चर्चित पत्रकारहरुको नाम समावेश गरिएको छ ।


स्थानीय चुनाव प्रचार-प्रसार उपसमितिको सदस्य बन्नेमा नेपाल पत्रकार महासंघका अधिकांश पूर्वअध्यक्षहरु समेत छन् । नेपाल पत्रकार महासंघका लगभग सबैजसो पूर्वअध्यक्षहरुको नाम कांग्रेसको प्रचार समितिमा राखिएको छ ।

महासंघका बहालवाला अध्यक्ष डा.महेन्द्र विष्ट र पूर्वअध्यक्षद्वय बिष्णु निष्ठुरी र शिव गाउँलेमात्रै कांग्रेसको प्रचार समितिमा छैनन् । बाँकी सबै पूर्वअध्यक्षलाई प्रचार-प्रसार समितिमा राखिएको छ ।

आगामी बैशाख ३१ गते हुने निर्वाचनका निम्ति कांग्रेसले गठन गरेको प्रचार प्रसार संयन्त्रको संयोजकमा रमेश लेखक र सहसंयोजकमा गगन थापा छन् ।

पत्रकार महासंघका पूर्वअध्यक्षहरु होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल र धमेन्द्र झा नेपाली कांग्रेसको प्रचार उपसमितिको सदस्य बनेका छन् । उनीहरुलाई एक-एकवटा उपसमिति हेर्ने जिम्मेवारी दिइएको छ ।

पूर्वअध्यक्ष बिष्णु निष्ठुरीले प्रचार उपसमितिमा आफूलाई राखेको थाहा पाएपछि ‘आफू प्रजातन्त्रवादी भए पनि कुनै दलको सदस्य नरहेको हुँदा कुनै समितिमा नराख्न’ फेसबुकबाटै आग्रह गरेका छन् । निष्ठुरी अहिले सरल पत्रिका डटकमका सम्पादक छन् ।

नेपाली काङग्रेस स्थानीय तह चुनाव प्रचार-प्रसार समितिको बैठकले विभिन्न व्यक्तिलाई अलग-अलग मिडिया हेर्ने गरी जिम्मेवारी तोकेको छ । जसमा देशभरको मिडिया सेन्टर समन्वय गर्ने जिम्मा महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले पाएका छन् ।

पूर्व अध्यक्ष धमेन्द्र झाले टेलिभिजन समन्वय कार्यदलको जिम्मा पाएका छन् भने ब्रोडकास्ट एशोसियनका अध्यक्ष गोपाल झालाई रेडियोहरुको समन्वय गर्ने जिम्मा दिइएको छ ।

त्यस्तै श्री आचार्यलाई पि्रन्ट मिडिया र अजयबाबु शिबाकोटीलाई अनलाइन मिडिया समन्वय कार्यदल दिइएको छ । सोसल मिडिया समन्वय कार्यदलमा डा.सुधांशु दाहाल छन् भने पूर्व अध्यक्ष तारानाथ दाहालले समसामयिक राजनीतिक विषयवस्तु निर्माण समन्वय गर्ने कार्यदलको जिम्मेवारी पाएका छन् ।

को-को छन् समितिमा ?

कांग्रेस केन्द्रीय कार्य समितिको निर्णयअनुसार गठन भएको प्रचार-प्रसार समन्वय उपसमिति यस्तो छ-

रमेश लेखक, केन्द्रीय सदस्य- संयोजक
गगनकुमार थापा, केन्द्रीय सदस्य-सहसंयोजक

सदस्यहरूमाः होमनाथ दाहाल, पुरुषोत्तम बस्नेत, शोभाकर पराजुली, हरिहर विरही, किशोर नेपाल, तारानाथ दाहाल, सुरेश आचार्य, धर्मेन्द्र झा, तुलसीप्रसाद भट्टराई, पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, श्री आचार्य, हरिविनोद अधिकारी, देवप्रकाश त्रिपाठी, कविर राणा, तीर्थ थापा, श्रवण मुकारुङ, हरि अधिकारी, रमेश तुफान, कुलचन्द्र वाग्ले, श्री मुरारीकुमार शर्मा, समीरजंग शाह र बद्री सिग्देल छन् ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget