Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने मधेशी मोर्चाको निर्णय

स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने मधेशी मोर्चाको निर्णय

काठमाडौ चैत ३० गते   ।   संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधवार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेको भोलिपल्ट मोर्चाले यस्तो निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेसँगको परामर्शमा संविधान संशोधनको नयाँ बिधेयक ल्याइएको बताउँदै आउनुभएको थियो । पहिले दर्ता गरेको संशोधन बिधेयक फिर्ता लिएर पुन अर्को संविधान संशोधन बिधेयक मंगलवार व्यवस्थापिका संसदमा दर्ता गरिएको थियो । संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता भएपछि त्यसबारेमा आधिकारिक धारणा तय गर्न मोर्चाको बुधवार बैठक बसेको हो ।

नागरिकता,भाषा,राष्ट्रिय सभाका बारेमा पूरानै बिषय राखिएको,नयाँ बिधेयक पहिले भन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै मोर्चाले निर्वाचन बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो । झाका अनुसार संविधान संशोधनको नयाँ बिधेयकले आफूहरुका माग सम्बोधन गर्न नसकेको भन्दै मोर्चाले निर्वाचन बहिस्कारसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी काठमाडौ बाहिर रहेका कारण उहाँ बाहेक ६ वटा दलका अध्यक्ष सहभागी रहेको बैठकले निर्वाचन बहिस्कारसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको छ ।- अन्नपुर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget