Websoft University

www.radiomakalu.com || 021-522512


अग्निपीडितलाई प्रशासनको राहत


अग्निपीडितलाई प्रशासनको राहत
सुनसरी, बैशाख ४  गते   । जिल्ला प्रशासन कार्यालय सुनसरीले श्रीपुरका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ । आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको हो । साविकको श्रीपुर गाविस रहेको हालको कोसी गाउँपालिका–५ का आगालागी पीडित ४२ परिवारलाई प्रशासनका तर्फबाट जनही रु पाँच हजारका दरले राहत रकम वितरण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।


बिहीबार मध्याह्न आगलागी हुँदा ४२ परिवारका ६० बढी घरटहरा जलेर पूर्णरुपले नष्ट भएका थिए । आगलागीमा रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget