Websoft University

www.radiomakalu.com || 021-522512


कुपोषण हटाउन बहुक्षेत्रीय पोषण योजना



कुपोषण हटाउन बहुक्षेत्रीय पोषण योजना
कुपोषणको उच्च जोखिममा रहेको जाजरकोटमा बहुक्षेत्रीय पोषण योजना सञ्चालनमा आएको छ । चालु आर्थिक वर्षका लागि जिल्लामा ९१ लाखको बजेट परिचालन गरिने बहुक्षेत्रीय पोषण योजना सचिवालयले जनाएको छ । कुपोषण न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले यो परियोजना लागू गरिएको हो ।
चालु आर्थिक वर्षका लागि स्वीकृत बजेटलाई जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकले विषयगत कार्यालयमार्फत खर्च गर्ने गरी विनियोजन गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत १८ लाख, जिल्ला पशु सेवा कार्यालयमार्फत १८ लाख, जिल्ला शिक्षा कार्यालयमार्फत १४ लाख, महिला तथा बालबालिका कार्यालयमार्फत १४ लाख, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयमार्फत १४ लाख र जिल्ला विकास समितिमार्फत १३ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन गरिएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत गणेशप्रसाद खनालले जानकारी दिए ।
जिल्लामा पोषण सुधारका लागि पोषणयुक्त खाद्य तथा तरकारी बाली उत्पादनमा वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालयबाट यस वर्ष १८ लाख रुपैयाँ खर्च गरिने भएको छ । पशु÷पक्षीजन्य कृषि उत्पादनमा वृद्धि गरी पोषणलाई सुदृढ गर्न जिल्ला पशु सेवा कार्यालयमार्फत यस वर्ष १८ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन गरिएको अधिकृत खनालले जानकारी दिए ।
‘जिल्ला शिक्षा कार्यालयमार्फत यस वर्ष खर्च गरिने १४ लाख रुपैयाँ विद्यालयस्तरीय पोषण बगैंचा निर्माण गर्नुका साथै पोषण पाठ्यक्रम निर्माणमा खर्च गरिनेछ', अधिकृत खनालले भने, ‘महिला तथा बालबालिका कार्यालयमार्फत खर्च गरिने १४ लाख रुपैयाँ नवजात शिशुलाई गराइने नियमित स्तनपान, पूरक खाना, नियमित गर्भ जाँच तथा खोप, महिला प्रजननसम्बन्धी विविध क्रियाकलाप सञ्चालन गरिनेछ ।'
त्यसैगरी, खानेपानी तथा सरसफाइ सव-डिभिजन कार्यालयमार्फत यस वर्ष खर्च गरिने १४ लाख रुपैयाँबाट शुद्ध पिउने पानीका लागि फिल्टर, पानी शुद्धीकरणका लागि प्रयोग गरिने सामग्री, व्यक्तिगत र वातावरणीय सरसफाइसम्बन्धी क्रियाकलाप सञ्चालन गरिने खनालले बताए । जिल्ला विकास समितिमार्फत खर्च गरिने १३ लाख रुपैयाँबाट बहुक्षेत्रीय पोषण योजनाको समग्र अनुगमन, रिपोर्टिङ, भेला, गोष्ठी र योजना निर्माणजस्ता क्रियाकलापमा खर्च गरिने जनाइएको छ ।
यस वर्षदेखि सञ्चालित बहुक्षेत्रीय पोषण योजना जिल्लाका रामीडाँडा, रोकायगाउँ, नायकवाडा, दह, कार्ताङ र गर्खाकोट गरी ६ वटा गाविसमा लागू गरिने भएको छ । राष्ट्रिय योजना आयोगबाट विभिन्न विषयगत मन्त्रालयमार्फत सञ्चालित बहुक्षेत्रीय पोषण योजना सन् २०२२ सम्म सञ्चालन हुनेछ । बहुक्षेत्रीय पोषण योजना जाजरकोटलगायत २८ वटा जिल्लामा सञ्चालनमा आएको छ ।
जाजरकोटमा एक हजार बालबालिका कुपोषणबाट पीडित छन् । जाजरकोटमा १ हजार बालबालिका कुपोषणबाट पीडित छन् । जिल्ला स्वास्थ्य कार्यालयले ५ वर्षमुनिका १७ हजार बालबालिकामध्ये ११ हजारमा चेक जाँच गर्दा एक हजार २७ बालबालिका कुपोषित रहेको जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले बताए । जसमा ७ सय सामान्य कुपोषण र ३ सय बालबालिका शीघ्र कुपोषणबाट पीडित भएको उनले बताए । गरिबी, जनचेतना अभाव, बालविवाह तथा असुरक्षित सुत्केरीलगायत कारण दुर्गमका बालबालिका कुपोषणबाट पीडित हुने गरेका छन् ।-अन्नपूर्ण पोस्ट बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget