Websoft University

www.radiomakalu.com || 021-522512


अनारको जुस स्वास्थ्यको लागि लाभकारी

 अनारको जुस स्वास्थ्यको लागि लाभकारी


त्यसो त हाम्रो स्वास्थ्यको लागि सबै फल लाभकारी नै हुन्छ। तर अनारको जुस बिरामी र स्वास्थ्यको दृष्टिले बढी प्रभावकारी र लाभकारी मानिन्छ।
अनारमा रहेको ए, सी, इ फोलिक एसिड तथा एन्टी अक्सिडले भरिपूर्ण हुन्छ जुन मानव शरीरको लागि आवश्यक हुन्छ। शरीरमा अनारको फाइदा के के छन्?
१. अनारको जुस पानी पिउनाले शरीरको रक्त सञ्चार प्रणाली फिट एण्ड फाइन बनाउँछ। त्यसैले दैनिक एक गिलास अनारको जुस पिउनुस्।
२. प्रत्येक दिन अनार खानाले छात्ती तथा फोक्सोको क्यान्सर हुनबाट बचाउँछ।
३. यस्तै अनारको सेवनले मुटु तथा स्ट्रोक लगायतका खतरनाक रोग लाग्‍ने सम्भावना कम हुन्छ।
४. यसका साथै रगतमा आइरनको मात्रा अनारले बढाउनुका साथै निमोनिया हुनबाट बचाउँछ।
५. पुरुषको प्रोस्टेट क्यान्सरको खतराबाठ समेत जोगाउँछ।
६. गर्मीमा अनारको जुस झनै लाभकारी मानिन्छ। अनारको जुसले पाँचनसम्बन्धि समस्यालाई च्वाटै निको पार्छ भने धमनीलाई स्वस्थ बनाउने गर्दछ।
७. अनारले शरीरको छालाको त्वचालाई चम्किलो बनाउने गर्दछ।
८. गर्भवती महिलाले अनार नियमित रुपमा सेवन गरेमा गर्भवती आमा र बच्चा दुवै स्वस्थ हुन्छन्।
९. यसका साथै अनारले अलजाइमरको बिरामीलाई निको बनाइ आराम दिलाउने गर्छ।
१०. अनारले रोगप्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget