Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपाका पदाधिकारी नै स्थानीय चुनाव लड्दै, को कहाँ ?




काठमाडौं, चैत  २४ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीका पदाधिकारीहरु नै स्थानीय तहको निर्वाचनमा उठ्ने भएका छन् ।

चुनावी तालमेलका लागि अन्य दलहरुसँग संवादसँगै राप्रपा उम्मेदवार छनोटको तयारीमा जुटेको छ । अहिलेसम्म केही उपमहानगर र नगरपालिका केन्द्रीय पदाधिकारी नै चुनावमा उठ्ने पक्का भएको छ ।


महामन्त्री धवलसम्शेर राणा आफैं नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्ने तयारीमा छन् । दोस्रो संविधानसभामा नेपालगञ्ज नगरपालिकासहितको बाँके क्षेत्र नम्बर ३ मा राणा आफैं उम्मेदवार थिए, जहाँ उनी दोस्रो भएका थिए ।

झापाको दमक नगरपालिकामा सहायक महामन्त्री राम थापालाई उम्मेदवार बनाउने तयारी छ । दोस्रो संविधानसभा चुनावमा दमक नगरपालिकासहित ३ गाविस मिलेर बनेको निर्वाचन क्षेत्र नम्बर ७ मा तत्कालीन राप्रपा नेपाल तेस्रो भएको थियो । त्यहाँ थापा आफैं उम्मेदवार थिए । अब उनी मेयरको उम्मेदवार बन्ने भएका छन् ।

अर्का सहायक महामन्त्री मनोजकुमार प्रधान सल्यानको शारदा नगरपालिकामा मेयरको उम्मेदवार बन्दैछन् । प्रधान दोस्रो संविधानसभा निर्वाचनमा सल्यान क्षेत्र नम्बर २ मा राप्रपा नेपालका उम्मेदवार थिए र चौथो स्थानमा रहेका थिए ।

काठमाडौं महानगरपालिकाको मेयरमा सहायकमहामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्व प्रवक्ता राजाराम श्रेष्ठको नाम छलफलमा छ । राजाराम श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार थिए, जहाँ तेस्रो स्थानमा आएका थिए ।

हेटौंडा उपमहानगरको मेयरमा गणेश थापा र दीपकबहादुर सिंहमध्ये एक उम्मेदवार हुनेछन् । थापा पार्टी अध्यक्ष कमल थापाका भाइ एवं पूर्वफुटबल खेलाडी समेत हुन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget