Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारी नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरिन् विमानस्थलमा स्वागत

राष्ट्रपति भण्डारी नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरिन् विमानस्थलमा स्वागत

काठमाडौं, बैशाख ४ गते  ।   राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमणको शिलशिलामा नयाँ दिल्ली पुग्नु भएको छ।
राष्ट्रपति भण्डारीलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नु भएको थियो। राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नु अघि विमानबाट ओर्लिए लगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि नयाँ दिल्ली पुग्नु भएकी राष्ट्रपति भण्डारी विमानस्थल सिधै उहाँलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवन प्रस्थान गर्नु भएको छ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि नयाँ दिल्ली पुग्नु भएकी राष्ट्रपति भण्डारी विमानस्थल सिधै उहाँलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवन प्रस्थान गर्नु भएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget