Websoft University

www.radiomakalu.com || 021-522512


प्रतिव्यक्ति आय पाँच हजार डलर पु¥याउने योजना



काठमाडौँ, वैशाख ५ गते । पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर (पाँच लाख रुपियाँ) पु¥याउने योजनासहित नेकपा (एमाले)ले घोषणापत्र तयार गर्ने भएको छ । स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी गर्ने क्रममा एमालेले सोमबार पत्रकारसँग छलफल गरेको थियो ।
एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले अबको १० वर्षमा सबै तहको शिक्षा निःशुल्क गर्ने गरी पार्टीले योजना बनाइरहेको बताउनुभयो । उहाँले पाँच वर्षभित्र प्रतिव्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पु¥याउने योजना पनि एमालेले बनाएको दाबी गर्नुभयो ।
नयाँ संविधान समाजवाद उन्मुख भएकाले त्यसको कार्यान्वयनका लागि सरकार पनि समाजवादी चरित्रको हुनुपर्ने भन्दै उहाँले एमाले नेतृत्वको सरकार भएमात्र एमालेको योजना र नागरिकको चाहना पूरा हुनसक्ने बताउनुभयो ।
हरेक घरमा एक रोजगार, कृषिमा आत्मनिर्भर, गरिबी, बेरोजगारी अन्त्य गर्ने गरी योजना बनिरहेको उहाँले बताउनुभयो । नागरिकको आधारभूत आवश्यकता पूरा नहुँदासम्म समाजवाद आउन नसक्ने भन्दै उहाँले त्यसका लागि एमालेले काम गर्न सुरु गरिसकेको तर्क गर्नुभयो । स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने र एकै चरणमा सम्पन्न गर्नुपर्ने पनि
उहाँले बताउनुभयो ।
एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुनेमा दुविधा नपाल्न आग्रह गर्नुभयो । उहाँले मुलुक निर्वाचनमा होमिइसकेकाले अब कुनै शक्तिले चाहेमा पनि निर्वाचन नरोकिने बताउनुभयो ।
एमालेले निर्वाचनका लागि पूर्ण तयारी गरिसकेको र त्यसका लागि पार्टी पूर्णतः स्वस्थ रहेको तर्क उहाँले गर्नुभयो । उहाँले स्थानीय सञ्चारमाध्यमको सबलीकरणका लागि एमालेले आवश्यक नीति लिने बताउनुभयो ।
एमालेले विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा विश्वविद्यालयमा प्राध्यापनरत पत्रकारसँग छलफल गरेर चुनावी घोषणापत्रमा समेटिनुपर्ने मिडियाका विषयमा सुझाव मागेको थियो । पत्रकारले स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन, मातृभाषी सञ्चारमाध्यमको संरक्षण र सहुलियत, सञ्चारमा समावेशी सहभागितामूलक पद्धति, सामुदायिक सूचना केन्द्र स्थापना, इन्टरनेटको सहुलियत, पत्रकारको प्रशिक्षण तथा दक्षता अभिवृद्धि, समानुपातिक विज्ञापन वितरण प्रणालीका विषयमा सुझाव दिनुभएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget