Websoft University

www.radiomakalu.com || 021-522512


आफैले जन्माएकाे सन्तानले बृद्धा आश्रममा छोडे पछि …



मोरङ, बैशाख १३ गते । आफ्नो श्रीमान, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन्छन र ! आश्रममा आफन्त नभएकाहरू कोही छैनन् । सबैका आफन्त हुनुहुन्छ , त्यैपनि उहाँहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ ।७३ वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्ला सिक्तेल–५ हो । उहाँका पाँच छोरा र एक छोरी छन् । तर भएर पनि नभएजतिकै छ । उहाँ भन्नु हुन्छ , ‘श्रीमान्को मृत्यु भएको दश वर्ष भयो ।


सबै छाराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनतिर लागेपछि म यहाँ आइपुगें, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान हुँदा रहेछन् ।’ ६९ वर्षीया सिंघामाया तामाङ पाठेघरको अप्रेशनपछि विभिन्न समस्यामा हुनुहुन्छ । आमा बन्न नसक्ने भएका कारण धेरै पीडित हुनुभयो । श्रीमानको मृत्युपछि आफन्तले दुःख दिन थाले । कतै केही नलागेपछि विराटनगरको विराटेश्वर बृद्ध बृद्धाश्रमको साहरा लिन पुगेको बताउनु हुन्छ ।फाइल तस्विर

श्रीमान् ३५ वर्षको उमेरमा लागुपदार्थ सेवनको कारण बित्नुभयो । श्रीमान् बितेपछि उहाँ बेसहारा हुनुभयो । उहाँले आफन्तलाई सयोग पनि गर्नुभयो । तर आफूलाई पर्दा साथ दिने कोही नभएकोमा उहाँ साह्रै दुःखी हुनुहन्छ । सुनसरी छिटाहा गाविसकी भकुमारी थापामगर शारीरिक रुपमा कुरुप देखिनुहुन्छ । उहाँ जन्मँदै यस्तै हुनुहुन्थ्यो । भकुमारी कान सुन्नुहुन्छ्, बोल्न भने सक्नु हुन्न । तीन वर्षअघि बिराटेश्वर बृद्धाश्रम आइपुग्दा यस्तै हुनुहुन्थ्यो ।

अहिले पनि उहाँको स्वरुप बदलिएको छैन । बिहे भएको छैन । उमेर त्यस्तै ५०÷५५ जतिको हो । उहाँका दाजुभाइ कहिलेकाहीँ आउँछन्, जान्छन् । केही खानेकुरा छोडिदिन्छन्, फर्किन्छन् । भकुमारी यतिमा पनि सन्तुष्ट मान्नु पर्ने बायता छ । शारीरिक अवस्था यस्तो भए पनि उहाँजति जाँगरिली यो आश्रममा कोही छैनन् । राति ३ बजे उठेर नुहाउनुहुन्छ । आश्रम वरपर सफासुग्गर गर्नुहुन्छ । ‘उहाँलाई यस्तो अवस्थामा उहाँकै आफन्तले ल्याइदिए,’ आश्रमका अध्यक्ष जगत अज्र्यालले भन्नु हुन्छ , काम लाग्न छोडेपछि बृद्ध बृद्धालाई आश्रमतिर ल्याउँछन् , ‘आफन्त भन्ने त कामलाग्दा मात्र हुँदोरहेछ,।

बृद्धाश्रम बस्दैमा कोही गरिब र कोही दुःखी हँुदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित बिराटेश्वर बृद्धाश्रमका बृद्धबृद्धाहरु । यी बृद्ध बृद्धाहरु कोही आफन्तहरूले स्याहारसुसार नगरेपछि आफैं आइपुगे, कतिपयलाई आफ्नै छोराबुहारीले बुढेसकाल लागेपछि यहाँ ल्याएर छाडिदिए । यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्, अतीत भुलेर नयाँ जिन्दगी सुरू गरेका छन् । विराटनगर –१३ मलायारोडस्थित विराटेश्वर बृद्धाश्रममा करिब ३० बृद्धाहरू बस्दै आएका छन् । उहाँहरूको आ–आफ्नै कथा छन् ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget