Websoft University

www.radiomakalu.com || 021-522512


वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योग निजीकरण, भाडामा दिने निर्णय

तराईका उखु किसानलाई फाइदा हुने



काठमाडौं, वैशाख १३ गते । सरकारले हाल बन्द रहेका वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योगलाई निजीकरण गर्दै भाडा चलाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले यी दुई उद्योगहरु निजी क्षेत्रलाई भाडा दिएर चलाउने निर्णय गरेको हो ।

उद्योग मन्त्रालयको पहलमा अर्थ मन्त्रालयले दुई उद्योग निजी क्षेत्रलाई भाडामा चलाउने दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। निजीकरण ऐनअनुसार अब वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योगलाई निजी क्षेत्रले चलाउन पाउने उद्योग मन्त्रालयका सह-सचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।



‘वीरगञ्ज चिनी कारखाना र बुटवल धागो उद्योग अब सञ्चालनमा ल्याउने गरी नीतिगत निर्णय सरकारले गरेको छ’ नेपालले भने, ‘वर्षौंदेखि बन्द रहेका उद्योग खुल्न सक्ने आधार अब तयार भएको छ ।’

अब सरकारले पहिलो चरणमा दुई उद्योगलाई भाडामा दिन ऐनका व्यवस्थामा टेक्दै आशयपत्र मूल्यांकनका आधारहरु तयार गर्नेछ । त्यसैअनुरुप निजी क्षेत्रका उद्योग चलाउन आकांक्षा राख्नेहरुसँग प्रस्ताव मागिनेछ ।

सरकारले तोकेको मापदण्ड र मूल्यांकनका आधारहरु मेल खाने कम्पनीले नै उद्योग चलाउन पाउनेछन् ।
उद्योग चलाएवापत सरकारलाई निजी क्षेत्रले भाडा तिर्नुपर्नेछ । भाडा बढी दिने र प्राविधिकरुपमा सक्षम कम्पनीलाई नै उद्योग चलाउन दिने तयारी छ ।

वीरगञ्ज चिनीको इतिहास

वीरगञ्ज चिनी कारखाना रुस सरकारको सहयोगमा ०२१ सालमा स्थापना भएको हो । दैनिक १५०० टन उखु पेल्ने क्षमता यो उद्योगसँग छ । यो उद्योगमा सञ्चालनमा ल्याउन केही मेशिन मर्मत गर्नुपर्नेछ भने केही थप्नुपर्ने अवस्था रहेको एक सरकारी अध्ययनले देखाएको छ ।

वीरगञ्ज चिनी कारखाना ०६१ सालबाट बन्द छ । वीरगञ्ज चिनी कारखानाका अधिकांश कर्मचारी स्वेच्छिक अवकाश लिइसके पनि झण्डै २ कर्मचारी अझै आदलतमा मुद्दा हालेर बसेका छन् ।

अब सरकारले चिनी कारखाना चलाउनुअघि कर्मचारीको व्यवस्थापनसहित सबै विषयलाई ध्यानमा राखेर निजी क्षेत्रलाई सञ्चालन प्रस्ताव आह्वान गर्नेछ ।
यसअघि खारेजीको निर्णय भइसकेको वीरगञ्ज चिनी कारखाना अब फेरि सञ्चालनमा आए धेरैले रोजगारी पनि पाउनेछन् ।

ऋणले थिचिएको र घाटैघाटामा गएको देखाएर ०५९मा सरकारले निजीकरण ऐन ०५० अनुसार खारेजीको निर्णय गरेको थियो ।

खारेज हुनुभन्दा करिब १० वर्ष अगाडिसम्म चिनी कारखानाको आम्दनी उच्च थियो । प्रत्येक उपकेन्द्रहरुमा पक्की घर रहेको कारखानाले आफैंं विद्युत उत्पादन गथ्र्यो ।
कारखानाको करोडौं लगानीको आवास क्षेत्र पनि छ । कारखानाले आफ्नो आम्दानीले बाराको सिमरामा २ सय बिघा जग्गा खरिद गरेको थियो भने बाइ-प्रोडक्टका रूपमा डिस्टिलरी पनि सञ्चालन गरेको थियो ।|

०४६ सालपछि निरन्तर घाटामा गएपछि उद्योग समस्यामा परेको थियो । कर्मचारीको तलब दिन पनि अप्ठ्यारो भएपछि सरकारले खारेजीको निर्णय नै गर्नुपर्‍यो । फेरि यो कारखाना निजी क्षेत्रले भाडामा लएर चलाउने पक्कापक्की भएको छ ।

बुटवल धागोको कथा

बुटवल धागो कारखाना भने सरकारले खारेज गरिसकेको थिएन । अब सरकारले यो उद्योग पनि निजी क्षेत्रलाई भाडामा चलाउन दिने भएको छ ।

धागो उद्योग औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको १ सय ७३ रोपनी क्षेत्रफलमा फैलिएको छ । कम्पनीको कुल सम्पत्ति ९ करोड २६ लाख मूल्यांकन गरिएको छ ।

उद्योग बन्द भएपछि ४१६ कर्मचारीलाई विदा गरिएको थियो । त्यसका लागि ४७ करोड २२ लाख ४५ हजार रुपैयाँ खर्चिएको थियो ।
धागो कारखाना बन्द भएको बषौर्ं भएकाले पार्टपूर्जा बिग्रिएका छन् । अब सञ्चालन गर्दा मर्मतको आवश्यक्त पर्नेछ ।

अहिले धागो कारखानामा प्रहरीको दङ्गा नियन्त्रण गण बसेको छ । गत वर्ष कारखाना फेरि सञ्चालनका लागि अध्ययन गर्दा १५ करोड रुपैयाँ आवश्यक पर्ने प्राविधिकले बताएका थिए ।

दिनमा १० टन धागो उत्पादन गर्ने क्षमताको धागो कारखानाले ७ टनसम्म धागो उत्पादन गरेको थियो । उद्योगमा नेपाल सरकारको ५९.७५ प्रतिशत लगानी छ भने सर्वसाधारणको ८.३१ र जनकपुर चुरोट कारखानाको ७.८७ प्रतिशत र खेतान समूह, साल्ट ट्रेडिङ कर्पोरेशन लगायतको सेयर लगानी छ ।

वि.सं. ०३९ सालमा चल्न सुरु गरेको उद्योगले ०४८ देखि व्यवसायिक उत्पादन सुरु गरेको थियो । घाटामा जान थालेपछि ०६६ सालबाट कम्पनी बन्द भएको थियो ।-रबिन्द्र घिमिरे,

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget