Websoft University

www.radiomakalu.com || 021-522512


मोरङका १७ वटै निर्वाचन अधिकृतको कार्यालय बन्द : मतदाताहरू नै अन्याैलमा



मोरङ, बैशाख १३ गते /मोरङका १७ वटा निर्वाचन अधिकृतको कार्यालय खुलेको दुईदिन पछिनै बन्द भएका छन । प्रदेशन न १ को निर्वाचनको मिति जेष्ठ ३१ गते सार्ने सरकारको निर्णयसँगै निर्वाचन कार्यालयहरु बन्द भएका हुन । आयोगको निर्देशनमा खुलेका कार्यालयहरु एक महिनाका लागी बन्द गरिएको क्षेत्रीय निर्वाचन कार्यालका विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ एक महिना पछि आयोगको काम आउछ त्यतीबेला निर्वाचन अधिकृतहरु आउने छन अहिलेलाई बिदा गरेका हौ,। निर्वाचन अधिकृतको कार्यालय संचालनमा आएपछि निर्वाचन अधिकृतहरु कार्यस्थलमै खटिनुभएको थियो । निर्वाचन कार्यालय खोलेर बसेका अधिकृत र सहयोगीहरु पनि फिर्ता भएका छन । निर्वाचनको तयारीमा पुगेका निर्वाचन अधिकृत देबेन्द्रराज आचार्य पनि फर्किएका छन ।



यो निर्णयले मोरङका मतदाता खिन्न भएका छन । खुलेका निर्वाचन कार्यालयहरु बन्द भएपछि निर्वाचननै नहुने अन्यौल देखिएको छ । प्रमुख सञ्जेलले आयोगको निर्देशन आएलगत्तै कार्यालय पून सुचारु हुने बताउनु भयो । कार्यालय खोलिनु अघि खटिने अधिकृत र सहयोगी कर्मचारीलाई तालीम दिएको थियो । आयोगका अनुसार प्रदेश न १ मा हुने भनिएको वैशाख ३१ को निर्वाचनको लागी मेची र कोशी अञ्चलका १०४ जना निर्वाचन अधिकृतहरु कार्यस्थलमा पुगि सक्नु भएको थियो ।

ति निर्वाचन अधिकृतहरुलाई तलवको १२१ प्रतिशत भत्ता दिएर निर्वाचन गराउने जिम्मेवारी दिएको थियो । कार्यालय संचालन गर्नु अघि आयोगले प्रत्येक निर्वाचन अधिकृतहरुलाई ५० हजार सम्म लगानी गरिसेकेको थियो । क्षेत्रीय निर्वाचन कार्यालय मोरङका सुचना अधिकृत भक्तबहादुर भट्टराइले अधिकृतहरुले हाल सम्म पाउने रकम भुक्तानी गरेर पठाउने बताउनु भयो ।- पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget