Websoft University

www.radiomakalu.com || 021-522512


विमानस्थल विस्तारमा नाै कम्पनीको रुचि

विमानस्थल विस्तारमा नाै कम्पनीको रुचि

काठमाडौ,  वैशाख १५ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि नौवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले रुचि देखाएका छन् । स्पेनिस कम्पनी साञ्जोसेसँगको निर्माण सम्झौता रद्द भएको करिब तीन महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी बोलपत्र आह्वान गरेको थियो । फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका लागि गरिएको बोलपत्र आह्वानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी नौवटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गर्न सक्ने गरी तीन तहका कामका लागि वैशाख ७ गतेको अन्तिम मिति राखेर बोलपत्र गआह्वान गरेको थियो । प्राधिकरणले गरेको आह्वानमा १ नम्बर अन्तर्गतको रन वे विस्तारका लागि १९ वटा कम्पनीले आवेदन फारम लगेता पनि पाँचवटा कम्पनीले मात्रै प्रस्ताव पेस गरेको उहाँले जानकारी दिनुभयो । रन वे विस्तारका लागि चाइना रेल वे, सांघाइ कस्ट्रक्सन, कालिक टुन्डी जेभी, सांघी कस्ट्रक्सन र स्टारपाग इन्टरनेसनले मात्रै टेन्डर दाखिला गरेको हुन् । १ नम्बर समूह अन्र्तगतको कामका लागि प्राधिकरणले ५.८ मिलियन डलर भित्र काम गर्ने गरी बोलपत्र आह्वान गरेको थियो ।
यसैगरी दुई नम्बर अन्र्तगतको इन्टरनेसनल टर्मिनल भवन विस्तारका लागि पनि १९ वटै कम्पनीले फारम लगे पनि टेन्डर दाखिलको अन्तिम दिनसम्म चारवटाले मात्र प्रस्ताव पेस गरेको श्रेष्ठले जानकारी दिनुभयो । यसमा कन्टिच लुम्बिनी जेभी, सांघाइ कस्ट्रक्सन, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिषले मात्रै टेन्डर दाखिल गरेका छन् । २ नम्बर अन्र्तगतको कामका लागि प्राधिकरणले ७ मिललियन अमेरिकी डलरको भित्र काम गर्नेगरी बोलपत्र आह्वान गरेको थियो ।
फागुन २३ गते विमानस्थलको स्तरोन्नतिका लागि गरिएको बोलपत्र आह्वानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी नौवटा कम्पनीले प्रस्ताव पेस गरेको छ ।
यसैगरी ३ नम्बर अन्तर्गतको वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउस लगायत कामका लागि भने कुनै पनि कम्पनीले टेन्डर दाखिल नगरेको उहाँले जानकारी दिनुभयो । टेन्डर आह्वान भएपछि फारम लैजाने आठवटा कम्पनी थिए । ३ नम्बर अन्र्तगतको कामका लागि भने १.८ मिलियन अमेरिकी डलरको सिमा तोकेको थियो । अब पुनः प्राधिकरणले यसका लागि टेन्डर आह्वान गर्नेछ । १ नम्बर र २ नम्बर अन्तर्गतको काम गर्न टेन्डर दाखिल गर्ने कम्पनीका विषयमा अहिले प्राधिकरणले टेन्डर मूल्यांकन गरिरहेको छ । अबको १५ दिन भित्रै नै फानल हुने श्रेष्ठले जानकारी दिनुभयो । प्राधिकरणले टेन्डर फारम लिँदा रकम र्फिता नहुने गरी १ र २ नम्बरका लागि २२ हजार ६ सय रुपैयाँ र तीन नम्बरका लागि ११ हजा तीन सय रुपैयाँ लिएको थियो ।

Yamaha
विमानस्थल विस्तारका लागि प्रस्ताव पेस गर्ने सांघाई कन्स्ट्रक्सनले भने अहिले कंलकी–कोटेश्वर खण्डको १० किलो मिटर सडक आठ लेन बनाउने काम गरिरहेको छ । साञ्जोसेले तोकिएको समयमा काम गर्न नसकेपछि प्राधिकरणले मंसिर २४ सम्झौता रद्द गरेको थियो । सम्झौता रद्द गरे पनि प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम एउटै समूहमा एउटै कम्पनीले मात्र गर्ने नसक्ने ठहर गर्दै काममो वर्गीकरण गरेर टेन्डर गरेको थियो । साञ्जोसे र प्राधिकरणबीच सन् २०१२ मार्चमा तीन अर्ब ८१ करोडमा विमानस्थल स्तरोन्नति गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो । तर, निर्धारित समयमा १७ प्रतिशतमात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले सम्झौता रद्द गरेको हो । साञ्जोसेले नजिकैको पशुपति क्षेत्रबाट माटो ल्याएर विमानस्थल बनाइरहेको थियो ।
विमानस्थल निर्माणमा २० लाख घनमिटर माटो आवश्यक पर्छ । यही बीचमा पशुपतिको माटो ठेक्का दिँदा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी प‍र्‍यो । लगत्तै पशुपति क्षेत्र विकास कोषले माटो लैजान नदिने निर्णय गर्‍यो । पशुपतिको माटो नपाएमा निर्माण अगाडि बढाउन नसक्ने साञ्जोसेले अडान राखिरहेको बेलामा प्राधिकरणले सम्झौता रद्द गरेको हो । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण पनि विमानस्थल निर्माणमा अवरोध उत्पन्न भयो । प्राधिकरणले निर्माण अवधि थपेर सन् २०१६ पु‍र्‍याएको थियो । समय थपेसँगै कम्पनीले एक हजार ९५ दिनमा सबै काम सक्नुपर्ने हुन्थ्यो । तर, निर्माणमा लापारबाही गरिदिँदा १७ प्रतिशतमात्र सम्पन्न भएको थियो ।
निर्माण कम्पनी साञ्जोसेले पहिलो चरणमा विमानस्थलको हवाई पूर्वाधार निर्माण, धावनमार्ग तीन सय मिटर विस्तार, अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे, ढल निकास, पावर सप्लाइ र जनेरेटर, एयर फोर्स लाइट सिस्टम, फोहोर प्रशोधन केन्द्र, जहाजबाट आउने फोहोर व्यवस्थापनको काम र दमकल उपलब्ध गराउने लगायत थियो । तर, यस अवधिमा कम्पनीले दमकल ल्याउने बाहेक खासै काम गरेको थिएन् । पहिलो समूहअन्तर्गत रहेको काममा कुल १६.५३ दोस्रो तहको काममा ११.४ प्रतिशत मात्र प्रगति हासिल गरेको थियो । तेस्रो चरणको काममा निर्माण कम्पनीले केही काम गरेको थियो । यसमा सिमिकोट र रारा विमानस्थलका लागि आवश्यक जलवायु मापन सम्बन्धी उपकरण उपलब्ध गराउने भन्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले सामान खरिद गरे पनि हस्तान्तरण गरेको थिएन ।-
 उत्तम काप्री, अन्न्नापूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget