Websoft University

www.radiomakalu.com || 021-522512


म्यादी प्रहरीमाथि नै किन गरिन थालियो निगरानी !

म्यादी प्रहरीमाथि नै किन गरिन थालियो निगरानी !
फाइल तस्बिर

काठमाडौ,  वैशाख १५ गते । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो ।
म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले बताएको छ । सरकारले पहाडी जिल्लामा म्यादी प्रहरी परिचालन गर्दा गाउँपालिका फरक पारी जिल्लाभित्रै परिचालन गर्ने तयारी गरेको छ । तराईका जिल्लामा भने महिला म्यादी प्रहरीबाहेकलाई अन्तरजिल्लामा खटाउने तयारी गरिएको छ ।
गृह मन्त्रालयले म्यादी प्रहरी भर्नाका क्रममा नियोजित रूपमा चुनाव बिथोल्न विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ता भर्ती गराएको÷भएको सूचना आएको भन्दै म्यादी प्रहरीका गतिविधिमाथि निगरानी बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
मतदानका दिन म्यादी प्रहरीलाई ब्यालेट बक्सको सुरक्षा गर्नसमेत नदिने तयारी गरिएको छ । प्रहरीले भर्नाका क्रममा म्यादी प्रहरीको चालचलन (प्रहरी रिपोर्ट) बुझे पनि प्रभावकारी नभएको स्रोतले बताएको छ । थोरै समयमा मुलुकभरबाट म्यादीमा भर्ना हुने व्यक्तिको चालचलन बुझ्न कठिन भएको तैपनि म्यादी प्रहरीलाई दिइने जिम्मेवारीबारे संगठन संयमित रहेको प्रहरीले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले मतदान स्थलको सुरक्षाका लागि अहिलेदेखि नै संयुक्त सुरक्षा संयन्त्रमार्फत निगरानी थालेको छ । उपप्रधान एवं गृहमन्त्री निधिले सुरक्षा निकायका प्रमुखलाई दिएको निर्देशन उद्धृत गर्दै एक प्रहरी अधिकारीले अन्नपूर्णसँग भन्नुभयो, ‘म्यादी प्रहरी भर्नाका क्रममा निर्वाचनविरोधीको घुसपैठ भएको सुन्नमा आएको छ ।
त्यस्ता व्यक्तिले निर्वाचन बिथोल्न सक्छन् । म्यादी प्रहरीका गतिविधिमाथि निगरानी गर्नुहोस् ।' गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले म्यादी प्रहरीका गतिविधि र सम्पर्क केलाउन थालेको छ ।-शम्भु कट्टेल ,

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget