Websoft University

www.radiomakalu.com || 021-522512


दोस्रो किस्ताको पर्खाइमा धादिङका भूकम्पपीडित

earth quak pidit

धादिङ, चैत ६ गते ।  पहिलो किस्ता लिएर घर निर्माणको काम सुरु गरेका धादिङका भूकम्पपीडित यतिखेर दोस्रो किस्ताको पर्खाइमा छन् ।  असोज, कात्तिकमै पहिलो किस्ता बुझेर घर निर्माणको काम थालेका उनीहरूले घर निर्माण सम्पन्न भइसक्ने समयसम्म पनि दोस्रो किस्ताबापतको डेढ लाख रुपियाँ पाउन सकेका छैनन् ।  नीलकण्ठ नगरपालिका–१२, साँकोषका भोजराज गुरुङले भूकम्प प्रतिरोधी घर बनाउन सरकारबाट अनुदानस्वरुप पाउने रकमको पहिलो किस्ता मङ्सिरमा बुझ्नुभएको थियो ।  घरको जग हालेपछि दोस्रो किस्ता दिने भन्ने सुनेका गुरुङ पूरै घर बनाइसक्दासमेत दोस्रो र तेस्रो किस्ताको रकम नपाएको ग्ुनासो गर्नुहुन्छ ।
गुरुङले जस्तै जिल्लाका १५ प्रतिशतभन्दा बढीले सरकारी मापदण्ड अनुसार दक्ष प्राविधिककै सहयोगमा भूकम्प प्रतिरोधी घर बनाइसकेका छन् ।  निर्माण भएका घरको प्राविधिक मूल्याङ्कनका लागि नगरपालिका र गाउँपालिका (तत्कालीन गाविस) मा निवेदन पनि दिएका छन् तर तीन महिना बितिसक्दासमेत मूल्याङ्कन नभएको गुनासो अधिकांशको छ ।   ढोलाका सानुभाइ श्रेष्ठ दोस्रो किस्ता टुङ्गो नलाग्दा निर्माणको काममै समस्या भएको बताउनुहुन्छ ।  अनुदानकै पैसामा भर परेर घर बनाउँदा निकै कठिन भएको श्रेष्ठ जस्ता धेरैको अनुभव छ ।  earth quak pidit
घर बनाउने मिस्त्रीलाई आवश्यक ज्याला र काठपात खरिद गर्न पनि ब्याजमा रकम लिएर चलाउन बाध्य भएको धूवाँकोटका सुदर्शन सापकोटाले बताउनुभयो ।   धादिङको उत्तरी क्षेत्रमा पर्ने सत्यदेवीका सोमबहादुर तामाङले पनि तालिमप्राप्त सिकर्मी, डकर्मी लगाएर घर बनाउन थाल्नुभएको छ ।  जग हाल्नेसम्मको काम पूरा भएपछि दोस्रो किस्ता आउँछ भनेको सुनेको बताउँदै तामाङले भन्नुभयो, अब छाना छाउनमात्रै बाँकी छ, दोस्रो किस्ता कैले पो पाइने हो ? बैरेनीका कमल कार्की भन्नुहुन्छ, घरको जग हालेदेखि इन्जिनियरले हेर्न आउँछ, जग भूकम्प प्रतिरोधी छ कि छैन भन्ने बुझेर सिफारिस गरेपछि दोस्रो किस्ता पाइन्छ भन्थे, सरकारले भनेअनुसार पनि बनाइएको छ, हेर्नलाई इन्जिनियर पनि आएनन्, फोटो खिचेर सम्बन्धित निकायमा बुझाइयो तर पैसा पाउने कहिले हो थाहा छैन ।
निजी आवास निर्माण अनुदानको पहिलो किस्ता ५० हजार रुपियाँ लिएर घर निर्माण गरिरहेकाले जतिसक्दो चाँडै दोस्रो किस्ता उपलब्ध गराइदिन आग्रह गरेका छन् ।  यसरी आग्रह गर्नेमा कुम्पुर, नलाङ, जीवनपुर, सुनौलाबजार, कल्लेरीलगायतका गाविसका धेरै छन् ।  दोस्रो किस्ता माग गर्दै गाविस कार्यालयमार्फत पीडितले निवेदन दिए पनि तालुक निकायमा पुगेको छैन ।   सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका प्रमुख एवं जिल्ला आयोजना कार्यान्वयन एकाइका संयोजक दीलिप भण्डारीले पहिलो किस्ता लिनेको तुलनामा ज्यादै न्यून सङ्ख्यामा दोस्रो किस्ता लिने निवेदन परेको जानकारी दिनुभयो ।
धादिङ जिल्लामा पहिलो किस्ता लिएर करिब तीन हजार ५०० घर र पहिलो किस्ता लिनुभन्दा अगाडि नै करिब दुई हजार घर बनेको प्रारम्भिक सूची भवन निर्माणसँग छ ।  दोस्रो किस्ता लिन बनिसकेका र बन्दैगरेका धेरै घर योग्य रहेको सूचना प्राप्त भए पनि करिब २०० ले मात्रै निवेदन दिएका छन् ।  जिल्ला समन्वय समिति र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा त दोस्रो किस्ता माग गरेर जिल्लाबाट एउटै पनि निवेदन परेको छैन ।  प्राधिकरण समन्वय कार्यालय धादिङका रविचन्द्र पञ्जियार गाउँ गाउँबाट दोस्रो किस्ता माग भएको खबर सुनेको भए पनि अहिलेसम्म एउटा पनि निवेदन नआएको बताउनुहुन्छ ।
धादिङबेसीमा दैवी प्रकोप उद्धार समितिको बैठकमा उपस्थित प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले पहिलो किस्तापछि तोकिए अनुसारका पूर्वाधार पूरा गरेपछि दोस्रो किस्ता तत्कालै पाउने व्यवस्था मिलाएको जानकारी दिँदै तत्कालीन गाविस सचिवले सर्जमिनसमेत गरेर पठाएको सिफारिसको छ भने त्यसैका आधारमा पहिलो किस्ता दिन निर्देशन पनि दिनुभएको थियो ।  भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ता वितरणका लागि लागि ११ अर्ब ७५ करोड ५० लाख रुपियाँको अख्तियारी दिने निर्णय सरकारले गरिसकेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिना अगाडि नै दोस्रो किस्ता वितरणको अख्तियारी दिने निर्णय गरेको भए पनि पीडितले दोस्रो किस्ता पाउन सकेका छैनन् ।  दोस्रो किस्ताको तत्काल आवश्यकता परेको भए पनि माग गर्ने तरिका र प्रक्रिया नजान्दा समस्या परेको छ ।  मापदण्ड अनुसार पहिलो किस्ता पाइसकेर आधारभूत तहको निर्माणकार्य सम्पन्न गरिसकेकाले दोस्रो किस्तामा एक लाख ५० हजार रुपियाँ पाउनेछन् ।-मुरारी अधिकारी


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget