Websoft University

www.radiomakalu.com || 021-522512


विमान दुर्घटनामा बाँचेका ब्राजिलियन खेलाडी भन्छन्,‘म कसरी बाँचे भगवानले मात्रै भन्न सक्छन्’





विमान दुर्घटनामा बाँचेका ब्राजिलियन खेलाडी भन्छन्,‘म कसरी बाँचे भगवानले मात्रै भन्न सक्छन्’
काठमाडौंः गत नोभेम्बरमा ब्राजिलको च्यापेकोनिज क्लबका खेलाडीसहित ८१ जनाको ज्यान जाने गरी कोलम्बियामा भएको विमान दुर्घटना बाँचेकामध्ये एक खेलाडी हुन् आलन रशेल। दुर्घटनामा बाँचेका २७ वर्षीय आलन खेलमा फर्किएका छन्। दुर्घटनामा परेर घाइते भएका आलन स्वास्थ्य लाभपछि शुक्रबार क्लबको अभ्यास खेलका लागि मैदान उत्रिए।

अभ्यासका लागि मैदान उत्रिएका आलन निकै हसिलो मुद्रामा देखिएका थिए। आलन मैदानमा बल पासिङ र बल छल्याउनमा व्यस्त देखिन्थ्ये। च्यापेकोनिज क्लबका खेलाडी र अफिसियल गरी ७१ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटना बाँचेका उनले आफू कसरी बाँचे भन्ने आफूलाई नै थाहा नभएको बताउँछन्। ‘त्यति ठूलो विमान दुर्घटनामा म कसरी बाँचे भन्ने कुरा मलाई नै याद छैन। सायद यो सब कुराको वयान भगवानले मात्रै गर्न सक्छन्,‘आलनले भने।
‘कुदु गाउचोले मलाई विमानको अलि अगाडि बस्न भनेका थिए। पछाडि पत्रकारहरु बसेका थिए,’ आलनले भने। उनले भनेका छन्,‘मैले बस्ने इच्छा गरेको थिइन् तर मैले ज्याकसन फोलम्यानलाई देखे। उनले पनि मलाई छेउमा बस्न भने र म बसेको थिए।’ ‘म दुर्घटनामा किन बाँचे, भगवानले मात्रै व्याख्या गर्न सक्छन्। भगवानले मलाई समाते र बाँच्न दोस्रो मौका थिए,’ एलानले भने।

ब्राजिलको च्यापेकोनिज क्लबका खेलाडीसहित ८१ जनालार्इ लिएर बोलिभियाबाट कोलम्बियाका लागि उडेको विमान गत नोभेम्बरमा मेडेलिननजिकैको हिमाली क्षेत्रमा दुर्घटना हुँदा ब्राजिलियन खेलाडीसहित ७६ जनाको ज्योन गएको थियो। तीन खेलाडीसहित ६ जना भने उक्त दुर्घटनामा बाँचेका थिए।- एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget