Websoft University

www.radiomakalu.com || 021-522512


आईजीपी विवादबारे पूर्ण इजलासमा सुनुवाई हुने




जयबहादुर चन्दकाठमाडौं,चैत ३ गते । डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा गरेको बढुवाबारे सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।
बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले पूर्ण इजलासमा सुनुवाई गर्ने निर्णय गरेको हो ।
पूर्ण इजलासमा सुनुवाईका लागि ६ गते तोकिएको छ ।
कार्यसम्पादन मूल्यांकन बुझाउन आदेश

बहसका क्रममा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अन्तरिम आदेश हुँदा पनि न्यायाधीश तेजबहादुर केसीले नै हेरेको भन्दै अहिले पनि हेर्न नमिल्ने तर्क गरेका थिए ।
सर्वोच्चले गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयलाई डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन २४ घन्टाभित्र बुझाउन आदेश पनि दिएको छ ।
सरकारले गत फागुन १ गते जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो । त्यसविरूद्ध अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए । सरकारले डीआईजी चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
फागुन १ गते नै आईजीपीका अर्का दाबेदार डीआईजी नवराज सिलवालले पनि आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget