Websoft University

www.radiomakalu.com || 021-522512


ओलीले भने- एमाले अखण्ड सात नम्बर प्रदेशको पक्षमा

'संविधान संशोधन पहाडलाई तराईबाट अलग गर्ने श्रृंखलाको सुरूवात'


धनगढी,चैत ३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात नम्बर प्रदेश पनि टुक्राउने षडयन्त्र भइरहेको दाबी गरेका छन् । तर, एमाले अखण्ड सात नम्बर प्रदेशको पक्षमा रहेको उनले बताए ।


मेची-महाकाली अभियान अन्तर्गत कैलालीको धनगढीमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘पाँच पछि सात नम्बर प्रदेश टुक्राउने र पुरै तराईलाई पहाडसँग अलग गर्ने षडयन्त्र भइरहेको छ । अखण्ड सुदूरपश्चिमको आन्दोलनमा तपाईंहरुलाई एमालेको साथ छ ।’

संविधान संशोधनलाई नाटकको संज्ञा दिँदै ओलीले त्यसको पक्षमा एमाले नरहेको अडान दोहोर्‍याए । संविधान संशोधन पहाडलाई तराईबाट अलग गर्ने श्रृंखलाको सुरुवात भएको ओलीको भनाइ छ ।

उनले भने, ‘अहिले संविधान संशोधनको नाटक गरिएको छ । संविधान संशोधन नभइकन निर्वाचन हुनै सक्दैन भनिया छ । निर्वाचन र संशोधनको कतै कुनै साइनो छैन । पहाड र तराईलाई छुट्याउने एउटा कदम हो । एउटा पछि अर्को, अर्को पछि अर्को आउँछ । गत वर्ष पनि हामीले संविधान संशोधन गर्‍यौं त्यसले केही भएन । अहिले पनि समाधान हुने होइन ।’

संविधान संशोधनमार्फत् पाँच नम्बर प्रदेशलाई पहाडबाट अलग गरेपछि सात नम्बर प्रदेशमा पनि सरकारले त्यस्तै गर्ने ओलीले दाबी गरे । तर, आफूहरु संशोधनको पक्षमा नभएको र अखण्ड सात नम्बर प्रदेशको पक्षमा रहेको उनले बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget