Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय चुनाव कुनै तागतले रोक्न सक्दैनः प्रधानमन्त्री



भक्तपुर, चैत ३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको माध्यमबाट जनताले गणतन्त्रको उज्यालो भेट्ने बताएका छन् । शुरुआतमा आफूहरुले संघीयताको कुरा गर्दा अनेक आरोप लगाइएको स्मरण गर्दै उनले बल्ल जनताले संघीयता बुझ्न थालेको भन्दै खुसी व्यक्त गरे ।


भक्तपुरस्थित सानोठिमी क्याम्पसमा बिहीबार अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठक उदघाटन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘अब बैशाख ३१ को स्थानीय तहको निर्वाचन दुनियाँको कुनै तागतले रोक्न सक्दैन । संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन हरहालतमा गर्नैपर्छ ।’

हालै भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले उत्साहजनक परिणाम हासिल गरेकोमा प्रधानमन्त्री दाहालले बधाईसमेत दिए । ‘स्ववियु मार्फत तपाईंहरुले निकै राम्रो सन्देश दिनुभएको छ । म विशेष बधाई दिनका निम्ति पनि तपाईंहरुको बैठकमा आएको हुँ ।’

उनले स्थानीय तहको चुनावमा केन्दि्रत हुन विद्यार्थीहरुलाई निर्देशन समेत दिए ।

बैठकमा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले पाँच पृष्ठको समीक्षा तथा आगामी कार्ययोजना सम्वन्धी प्रस्ताव पेश गरेका थिए । त्यसअघि सातवटै प्रदेशका संयोजकहरुले रिपोर्टिङ राखेका थिए ।

क्रान्तिकारीको जारी पदाधिकारी बैठक स्ववियुको निर्वाचनकोसमीक्षा गरी विद्यार्थीको सम्पूर्ण तागतलाई स्थानीय निर्वाचनमा लगाउने विषयमा केन्दि्रत रहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget