Websoft University

www.radiomakalu.com || 021-522512


संक्रमणकालको सबैभन्दा धेरै मार कर्मचारीलाईः सुवेदी




काठमाडौं, चैत ३ गते । नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले संक्रमणकालको सबैभन्दा ठूलो मारमा कर्मचारीहरु परेको बताएका छन् । संक्रमणकालीन अवस्थामा कर्मचारीहरुले आफूले जानेको कामसमेत गर्न नपाएको सुवेदीले गुनासो गरे ।


पूर्वकर्मचारी सेवा परिषद नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जानेको गर्न नदिने र भनेका सबै कुराहरु गर्न नसकिने अवस्थाबाट नेपालका कर्मचारीतन्त्र गुजि्ररहेको उल्लेख गरे ।

संक्रमणकाललाई टुंगो लगाउन संविधान कार्यान्वयनको कामलाई आफूले उच्च प्राथमिकता दिएको सुवेदीले बताए ।

कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्व विशिष्ट कर्मचारीको अनुभव परिचालन हुन सके मुलुक छिट्टै समृद्ध हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व विशिष्ट कर्मचारीहरुले राष्ट्र निर्माणलागि आफूहरुले आर्जन गरेको अनुभव राज्यले उपयोग गर्ने वातावरण बनाउन नसकेको भन्दै गुनासो गरेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget