Websoft University

www.radiomakalu.com || 021-522512


चुच्चेपाटीमा पाल टाँगेर बसेका ‘भूकम्पपीडित’ को बौद्धमा पक्की घर !

काठमाडौं, चैत्र ४ गते । बौद्धको चुच्चेपाटी क्षेत्रमा पाल टाँगेर बसोबास गर्दै आएका भूकम्पपीडितलाई त्यहाँबाट हटाइएको छ । होटल हायातको जग्गामा बस्दै आएका उनीहरूलाई हटाइको हो ।

करीब पाँचसय परिवारलाई त्यहाँबाट हटाइएको छ । हटाइएकामध्ये अधिकांश नक्कली भूकम्पपीडित रहेको फेला

परेको छ । ७२ वर्षीया देवी कुमारी विक
विभिन्न राजनीतिक दलको संरक्षण पाउने आशामा त्यहाँ चारसय परिवार नक्कली भूकम्पपीडित ल्याइएको थियो । करिब ५० सक्कली भूकम्पपीडित चाहिँ त्यहाँबाट हटाइएपछि मर्कामा परेका छन् ।

बौद्ध क्षेत्रमा पक्की घर भएका र पसल थापेर बसेकाहरू समेत पक्की घरमा बस्न डर लाग्ने भएपछि खाली जग्गामा बस्न आएका थिए । यसरी करीब चारसय नक्कली भूकम्पपीडितहरू सो क्षेत्रमा बसिरहेको लुमन्ति संस्थाकी अनुसन्धानकर्ता कुमारी शोभा तण्डुकारले बताइन् ।

चुच्चेपाटीमा पाल टाँगेर बसेका नक्कली भूकम्पपीडितको बौद्ध क्षेत्रमा पक्की घर र पसलहरु भएको उनले वताइन् ।

पहिलेदेखिनै यहाँ बस्दै आएका भूकम्पपीडितको बारेमा अनुसन्धान गर्दै आएकी उनले चार सय ५० मा मुश्किलले ५० परिवार मात्रै वास्तविक भूकम्पपीडित रहेको बताउँछिन् ।
प्रहरीले फागुन १० गते १५ दिनभित्र त्यहाँको जग्गा खाली गर्नको लागि माइकिङ गरेको थियो । बसेकाहरू नहटेपछि अन्ततः डोजर लगाएर उनीहरूलाई हटाइएको छ ।

पार्टीले राखेका थिए नक्कली भूकम्पपीडित
भूकम्पपीडितको नाममा राहत आउने तथा विभिन्न संघसंस्था तथा विदेशीले दिएको राहत लिन मात्रै पनि पालमा बस्न थालेको लुमन्ति संस्थाकी तण्डुकारले बताइन् । राहतबाट आउने लत्ताकपडा एकदुई किलो चामल लिन पनि बौद्ध आसपासमा डेरा गरी बस्ने समेत भूकम्पपीडित भन्दै चुच्चेपाटीस्थित जग्गामा पाल लिएर उतै बस्न थालेका थिए ।
करिब ४ सय ५० जति घरपरिवार बौद्धको उक्त जग्गामा बसेका थिए । भूकम्पपीडित बस्ती खाली गर्नुअघि । तस्वीरः रासस
बौद्धमा १४ सयमा कोठा बहाल तिरेर बसेकी एक महिलाले घर हल्लिएपछि आफूले पनि कोठा छोडेर यतै डेरा सरेको सुनाइन् ।

यता बस्यो भने पाँच वर्षसम्म ढुक्क हुन्छ भन्ने आश्वासन दिएका कारण कोठामा भएको खाट र दराज समेत पालभित्र सारेको उनले सुनाइन्् । दोलखा सिंगटीकी उनले आफ्नो परिचय चाहिँ खुलाइनन् ।

भूकम्पपीडित भन्दै पाल टाँगेर बस्न आउने मानिस भुइँचालो गएको एक दुई महिनामै ह्वात्तै बढेका थिए । असली भूकम्पपीडित भन्दा पनि नक्कली भूकम्पपीडितहरू राहत लिनकै लागी भूकम्पपीडित हुँ भन्दै बस्न आउने परिवारको संख्या करीब ४ सय ५० भइसकेको थियो ।

राजनीतिक दलका प्रतिनिधिको आँखा बौद्ध चुच्चेपाटीमा बसेका परिवारको बढ्दै गरेको संख्यामा परेको थियो । राजधानीमा विभिन्न समयमा हुने राजनीतिक गतिविधि, आमसभा, जुलुस लगायत अन्य राजनीतिक गतिविधि मा सहभागि गराउन पार्टीले ती भूकम्पपीडितलाई सहभागि गराउँथे । उनीहरुलाई लिन गाडी नै पठाउने गरेको पाइएको छ ।

त्यहीँ पाल टाँगेर बसेकी सुनिता तामाङका अनुसार यहाँ चार÷पाँच दलका नेताहरू बनाइएका थिए । कांग्रेस, एमाले, माओवादी र विप्लवका नेताहरू आएर आ–आफ्नो प्रतिनिधि बनाएका थिए ।

नेताहरूले राजधानीमा हुने कार्यक्रमको लागि समेत भूकम्पपीडितहरूलाई लिन जान्थे । प्रत्येक पालबाट एकएकजना प्रतिनिधि कार्यक्रममा सहभागी हुनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

उनीहरूले सो ठाउँमा बस्नको लागि म्याद थप गरिदिने र पाँच वर्षसम्म यतै बस्न दिने आश्वासन समेत दिएका थिए । विप्लव माओवादीको कार्यक्रममा दुईपटक पुगेकी सुनिता तामाङले आन्दोलनमा नआए पालमा बस्न नदिने धम्की आफूलाई पटक–पटक आएको जानकारी दिइन् ।

विभिन्न महिला समूह समेत त्यहाँ गठन भएका थिए । कतिलाई त फोटो लिएर पार्टीको सदस्यता बनाइएको र कार्ड समेत बाँडिएको उनीहरूले बताए ।

डोजर लगाउँदा कोही नेता आएनन्

प्रहरीले माइकिङ गरेर हट्न भनेपछि सबैले आ–आफ्नो झिटीगुन्टा कसेका थिए । कोही पुरानै घर तथा डेरातिर फर्किसकेका थिए । कोही छोराछोरी बसेको डेरामा गए त कोही नयाँ डेरा खोज्दै चुच्चेपाटी छाडेका थिए । डोजरले खाली गरेपछि भूकम्पपीडित बस्ती ।
मंगलवार प्रहरीले चुच्चेपाटीस्थित बस्तीमा डोजर लगाउँदा कुनै पनि राजनीतिक दलका नेता उनीहरूलाई संरक्षण गर्न आएनन् । अहिले त्यहाँ बसेकाहरूले आफूहरूलाई प्रयोग मात्रै गरिएको भनेर बुझेका छन् ।

कुखुरा पाल्नेदेखि भट्टी थाप्नेसम्म

सित्तैमा पाएको जग्गामा बसेकाहरूले पसल थाप्ने अनि कुखरा पालन लगायतका काम शुरु गरिसकेका थिए । कतिपयले त रक्सी भट्टी समेत खोलिसकेका थिए ।

त्यो क्षेत्रमा रक्सीले मात्नेहरूले धेरै थिए । यसले गर्दा बौद्ध क्षेत्रका प्रहरी पनि हैरान बनेका थिए । दिनहुँ झगडा गरेको उजुरी आउन थालेपछि उक्त विषय प्रहरीका लागि पनि टाउकोदुखाइ बनेको थियो ।

विस्थापित सक्कली भूकम्पपीडित

सिन्धुली भिमानकी ७२ वर्षीया देवी कुमारी विक चुच्चेपाटीस्थित पालमा आफ्ना सुस्त मनस्थितिका छोरासँगै बैशाख १२ गतेदेखि नै आएकी थिइन् । बस्ती खाली गरिएपछि नाती बोक्दै एक महिला ।
भूकम्पले उनको घर भत्केको थियो । भूकम्पअघिदेखि नै राजधानी छिरेकी उनी माग्दै आफ्नो परिवार पाल्दै आएकी थिइन् । बौद्ध कुमारीगालमा सानो छाप्रोमा बस्दै आएकी उनी भूकम्पपछि आफू बसेको छाप्रो पनि भूकम्पले भत्काएपछि बेसहारा बनेर चुच्चेपाटीको खाली जग्गामा बसिरहेकी थिइन् । ७२ वर्षीया देवी कुमारी विक
पाल पाएपछि उनी त्यहीँ बस्दै आएकी थिइन् । बौद्ध प्रहरीले बस्ती खाली गर्न भनेको दिनदेखि उनी बौद्ध, पशुपति, गुहेश्वरी र गोकर्ण लगायतका क्षेत्रमा बास खोज्दै हिँडेको बताउँछिन् । ७२ वर्षीया देवी कुमारी विक
‘दया राख्ने र कोठा दिन कोही तयार भएनन्,’ उनी भन्छिन्, ‘कोठामा राखेर भाडा तिर्दैनन् भनेर कोठा नै दिएनन् ।’ प्रहरीले उनको पालभित्र रहेको सबै सामान पोको पारेर बाहिर फालिदिएको छ ।

चुच्चेपाटीको उक्त जग्गाको सबै गेट साँझ बन्द गर्ने भनिएको थियो । केही सीप नलागेपछि उनी अहिले त्यहाँको पेटीमा आफ्ना ओछ्यान र सामान लिएर रुँदै बसेकी छन् । हायात होटलले भूकम्पपीडित बस्दै आएको जग्गामा बुधवार गेट बन्द गरिएको थियो ।
कोठा नपाउन्जेलसम्म केही दिनको लागि त्यही खाली जग्गामा ठाउँ दिन उनले आग्रह गरेकी थिइन् तर उनको आग्रह त्यहाँ बस्ने कसैले सुन्नेवाला थिएनन् ।

यसरी नक्कली भूकम्पपीडितका रूपमा बसेका अन्य मानिसले असली पीडा भोगेका भूकम्पपीडितको बदनाम गरेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget