Websoft University

www.radiomakalu.com || 021-522512


आयोजना प्रमुखको घोषणा- भैरहवा विमानस्थल संकटमा छ



भैरहवा,चैत ८ गते । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना संकटमा रहेको आयोजना प्रमुख ओम शर्माले बताएका छन् । निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा प्रालिबीच रकम विवादका कारण आयोजना संकटमा रहेको बताएका हुन् ।

नर्थ वेस्ट इन्फ्रा प्राली नेकपा एमालेका नेता झलनाथ खनालको छोरा निर्भिक खनाल, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ्ग, सञ्जिव राई, पूर्वपर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गलो लगायतको हो ।
भैरहवा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ठेक्का पाएको थियो । उसले आफैंले निर्माण नगरी नर्थ वेस्ट इन्फ्रा प्रालि नामक कम्पनीलाई निर्माण कार्यको जिम्मा दिएको थियो ।

दुवै कम्पनीवीच रकम विवाद चलेका कारण विमानस्थलको काम ६ दिनदेखि ठप्प छ । मंगलबार भैरहवामा आयोजित अन्तर्क्रिया कार्यक्रममा आयोजना प्रमुख शर्माले भने, ‘आयोजना संकटमा छ, अब सबैले यस विषयमा सोच्नु जरुरी छ ।’

उनले थपे, ‘उहाँहरु (चिनियाँ कम्पनी) कै कारण निर्माण कार्य बन्द भएको हो । विवादका कारण अझै केही हप्ता काम रोकिन सक्छ ।’

ठेक्का सम्झौता तोड्ने चेतावनी

कानुनी रुपमा आफूहरुसँग नेपाली कम्पनीको सम्बन्ध नरहेको भन्दै उनले निर्माण कार्य रोकिनुमा चिनियाँ कम्पनी दोषी रहेको बताए ।

कार्यक्रममा उनले निर्माण कम्पनीको काम सन्तोषजनक नभएको बताए । ‘निर्माण कम्पनीको काम सन्तोषजनक छैन । काम अगाडि बढाउन नसकेको भन्ने विषय साँचो हो,’ आयोजना प्रमुख शर्माले भने, ‘अवस्था यस्तै रहे हामीले अर्को टेण्डर आहृवान गरेर विमानस्थल निर्माणको लागि अन्य कम्पनीतर्फ पनि जान सक्छौं ।’

रकम विनै निर्माणको ठेक्का

नेपाली कम्पनीले पनि आफ्नो रकम खर्च नहोस् भन्ने मानिसकताले कामको जिम्मा लिएको देखिएको आयोजना प्रमुख ओम शर्माले बताए । उनले भने, ‘नेपाली ठेकेदारले काम सुरु गरेलग्त्तै आफ्नो रकम खर्च नहोस र सबै रकम उतै -चिनियाँ कम्पनी)बाट रकम लिएर मजा उडाउ पाए हुने भन्ने जस्तो देखिएको छ ।’

नेपाली कम्पनीले चिनियाँ कम्पनीसँग सब-कन्ट्रयाक्टरको सम्झौता गर्ने क्रममा काम गर्नका लागि -वर्किङ्ग क्यापिटल) आफूसँग ९ अर्ब रुपैयाँ रहेको कागजमा देखाएको थियो । तर, अहिले काम गर्नलाई रकम अभाव भएको भन्दै चिनियाँ कम्पनीसँग रकम माग गर्नुले नेपाली कम्पनीले कागजमा उल्लेख गरेअनुसार रकम विनै निर्माण कार्य जिम्मा लिएको पुष्टि भएको छ ।



उनका अनुसार हालसम्म चिनियाँ कम्पनीले ७८ करोड रुपैयाँ एडभान्स र ५३ करोड रुपैयाँ बिलबिजक पेस गरेको भुक्तानी लिएको छ । र, चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई ७६ करोड रुपैयाँ दिएको उनले बताए ।

चिनियाँ कम्पनीले एडभान्स रकम छाडेर काम गरेबापत बिल पेस गरेर ५३ करोड रुपैयाँ सरकारबाट लिएको छ भने नेपाली कम्पनीलाई ७६ करोड रुपैयाँ दिइसकेको छ । तर, नेपाली कम्पनीले आफूले काम गरेको बापत रकम नपाएको बताएको छ । काम अनुसारको तत्काल न त चिनियाँ कम्पनीले रकम पाउँछ न त चिनियाँले नेपाली कम्पनीलाई दिन्छ ।

आयोजना प्रमुख शर्माले चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग गरेको सम्झौता लगायतका पत्रहरु जबरजस्ती लिएको कारण आफुहरुले ति कागजपत्र नेपाली कम्पनीलाई फिर्ता गराएको बताए । उनले दुवै कम्पनीबीचको विवाद मिलाउनका लागि आफूहरुले आग्रह गरेपनि वातावरण मिल्न नसकेको बताए ।

खोला फर्काउने काममात्र सम्पन्न

विमानस्थल निर्माण कार्य सुरु भएदेखि घाघर खोला फर्काउने काम मात्र पूर्णरुपमा सम्पन्न भएको छ भने बिमानस्थलमा तीन हजार मिटरको धावनमार्गमा ग्राभेलिङ्ग, स्थानिय तथा अन्तराष्ट्रिय टर्मिनल भवन निर्माण, प्रशासकीय भवन, कन्ट्रोल टावर, उद्धार तथा अग्नि नियन्त्रण भवन काम सुस्त गतिमा भइरहेको छ ।



सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरु गरिएको बिमानस्थल निर्माण कार्य गत वर्षको भूकम्प र मधेस आन्दोलनको अवरोधले सन् २०१८ को जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, विमानस्थलमा बढेको बेथितीको कारण सन् २०२० सम्म पनि विमानस्थल निर्माण कार्य सम्पन्न नहुने स्थानीयहरुले आशंका गर्दै आएका छन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ ।

०७१ साल माघ महिनामा एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य सुरु भएको हो ।-सलमान खान,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget