Websoft University

www.radiomakalu.com || 021-522512


साझा पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने



काठमाडाैं, चैत ८ गते। रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने भएको छ । तर, आर्थिक सहयोग भने नगर्ने बताएको छ ।


वरिष्ठ पत्रकार मिश्रले हालै मात्र पार्टी गठनको घोषणा गरेका थिए । तर, अझैसम्म पार्टी औपचारिक रूपमा घोषणा नै भएको छैन । साथै स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दर्ता नभएका करण दलगत रूपमा भाग लिन पाउँदैन ।

तर, पार्टीप्रति देशभर उत्साहजनक लहर देखिएको भन्दै स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको छ ।

साझा पार्टीले मंगलबार विज्ञप्ती निकालेर भनेको छ, ‘हाम्रा मूल्य–मान्यतालाई अङ्गीकार गर्ने देशभरका नेपालीहरूलाई स्थानीय निकायमा विभिन्न तहमा उमेदवारी दिन र साझा पार्टीका एकाइ र समितिहरू निर्माण गर्न आह्वान गर्दछ ।‘

स्थानीय तहमा नेतृत्व सम्हाल्ने सोच बनाएकाहरूलाई स्वतन्त्र उम्मेदवार बन्न प्रोत्साहन गर्ने साझा पार्टीले जनाएको छ । तर, हाल दर्ता भइसकेका दलहरूको तर्फबाट पार्टीगत उम्मेदवार बन्नेहरूका हकलार्इ भने कुनै समर्थन नजनाउने उसले बताएको छ ।

साथै साझा पार्टीले स्वतन्त्र उम्मेदवारलार्इ आर्थिक सहयोग भने नगर्ने बताएको छ । दर्ता नभएका कारण साझा पार्टीले पार्टीको नाममा चन्दा सङ्कलन गर्न नमिल्ने भएका कारण कुनै पनि उमेदवारलाई आर्थिक रूपमा सघाउन सक्ने स्थिति पनि छैन, उसले भनेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget