Websoft University

www.radiomakalu.com || 021-522512


धनगढी हाफ म्याराथनको चौथो संस्करण बैशाख १ मा


धनगढी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको चौथो संस्करण यहि बैशाख १ गते आयोजना हुने भएको छ ।


मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवम् धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष सुरज गिरीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाइ क्रमश नगद ५१ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने बताए ।

२१.२ किलोमिटरको हाफ म्याराथनको रुट धनगढी रंगशाला, एलएनचोक, धनगढी चौराहा हुँदै सुदूर विस्कुट इण्डष्ट्रिज पुगेर सोही रुट हुदै पुनः रंगशालामा तोकिएको छ ।

नवजीवन सहकारी संस्था लिमिटेड मूख्य प्रायोजक रहने हाफ म्याराथनमा धनगढी उपमहानगरपालिका प्रवर्धक, कैलाली जिल्ला खेलकुद बिकास समिति र जेसिस एभरेष्ट स्कुल सहयोगीको भूमिकामा रहने धनगढी जेसिजका अध्यक्ष टेकराज पनेरुले जानकारी दिए ।

उनले प्रतियोगितामा विभागीय टोलीसमेत ५ सयको सहभागिता रहने जानकारी दिए ।

आयोजक धनगढी जेसिजले हाफ म्याराथनबाट बचेको रकमले धनगढीमा मोवाइल शौचालयको निर्माण गर्ने जनाएको छ ।-दीपक उपाध्याय,अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget