Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन बिना चुनाव गर्ने आँट कसैमा छैनः महतो



भक्तपुर, चैत ८ गते। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना निर्वाचन गर्ने कसैको आँट नभएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा महतोले संशोधन बिना स्थानीय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देशमा अनिष्ट हुने बताए । उनले एमाले, कांग्रेस र माओवादीको बेइमानीका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाए ।


अध्यक्ष महतोले सीमांकन नै मधेसी मोर्चाको पहिलो एजेण्डा भएकाले यसलाई थाती राखेर निर्वाचनमा जाने भन्नु मधेस र मधेसीलाई धोका हुने टिप्पणी गरे । मधेसलाई प्रमुख दलहरुले सामान्य रुपमा लिने गरे पनि मधेस बिनाको देश एक मिनेट पनि चल्न नसक्ने भन्दै उनले थपे, ‘मधेसलाई बाइपास गरेर निर्वाचन गर्न खोजे देशकै लागि दुर्भाग्य हुनेछ ।’

महतोले भारतलाई गाली गर्ने केपी ओली प्रवृत्ति र खोक्रो राष्ट्रवादका कारण देश बन्ने कल्पना गर्न नसकिने उनले टिप्पणी गरे ।

आफूहरुले मधेसको अधिकारको लागि आन्दोलनको बाटो रोजेको बताउँदै उनले अब अधिकार प्राप्त नभएसम्म जनतालाई दुःख नहुने गरी आन्दोलन गर्ने खाका तयार भइरहेको जानकारी दिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget