Websoft University

www.radiomakalu.com || 021-522512


विदेशिएका जनशक्ति नेपालमै प्रयोग गरे मात्र विकास सम्भवः जापानी पूर्व प्रम



पोखरा,चैत ८ गते । जापानका पूर्व प्रधानमन्त्री युकियो हातोयामाले विदेशमा रहेका शिक्षित र दक्ष जनशक्तिलाई स्वदेशमै प्रयोग गरे मात्र नेपालले विकासमा फड्को मार्ने बताएका छन् ।

नेपाल भ्रमणका क्रममा पोखरा घुम्न आएका हातोयामाले विदेशिएका युवा जनशक्तिलाई नेपालमै राखे मात्र विकास सम्भव हुने बताए । नेपाल पत्रकार महासंघ कास्की शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा हातोयामाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक विकास सम्भव हुने जापानी अनुभव समेत सुनाए ।


‘सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाटै जापानले आर्थिक विकास गरेको हो,’ उनले भने, ‘नेपालको विकासको लागि पनि सबै क्षेत्रको सहकार्य आवश्यक छ, त्यसप्रति नेपाल सरकार गम्भीर हुनुपर्छ ।’

हातोयामाले देश विकासमा ठूला उद्योगसँगै साना र मझौला उद्योग पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै नेपाललाई त्यस्ता उद्योग स्थापनाको लागि प्रोत्साहन गर्न सुझाव दिए । उनले नेपालमा पर्यटन र हाइड्रोपावरको प्रचुर सम्भावना रहेको बताए ।

नेपालले परनिर्भरताको अवस्था अन्त्य गर्न स्वदेशमै उद्योगहरु स्थापना गर्न जोड दिनुपर्ने उनको सुझाव छ । हातोयामाले नेपालमा हाइड्रोमा लगानी गर्ने बारेमा छलफल भइरहेको जानकारी दिए । उनले नेपालमा विदेशी लगानी भित्र्याउने हो भने यहाँको सरकारले लगानीमैत्री वातावरण बनाउनुपनर्ने औंल्याए ।

नेपालमा लगानी गर्ने बारेमा सोचिरहे पनि लाइसेन्स लिनेदेखि कर लगायतका बारेमा नेपाल र जापानबीच केही सम्झौता नहुँदा समस्या रहेको उनले बताए ।-सन्देश श्रेष्ठ,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget