Websoft University

www.radiomakalu.com || 021-522512


चालकरहित विमान आक्रमणमा परी २६ लडाकूको मृत्यु

चालकरहित विमान आक्रमणमा परी २६ लडाकूको मृत्यु

अफगानिस्तान,  चैत ८ गते  । अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत्यु भएको छ । लुकेर बसेका ती आइएस आतङ्ककारी लक्षित सो आक्रमण भएको सो प्रान्तमा प्रहरी प्रवक्ताले जनाकारी दिएको छ । आचिन जिल्लामा २४ र दुई जना नाजिआन जिल्लामा भएको ड्रोन आक्रमणमा मारिएका प्रहरीले मङ्गलबार जनाएको छ ।
अफगानिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका लडाकू विरुद्ध अमेरिकी सेना आवद्ध ड्रोन हुँदै आएको पाइन्छ । राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वतर्फ पर्ने नानगार्हार र जलालाबादमा विषेशगरेर आइएस समुहका लडाकुले हिंसात्मक गतिविधि गर्दै आएका छन् । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget