Websoft University

www.radiomakalu.com || 021-522512


तीन सय मतदान केन्द्र


तीन सय मतदान केन्द्र
काँकडभिट्टा (झापा),  चैत  ८ गते । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दुई सयभन्दा बढी मतदानस्थल तोकिएको छ । आठ नगरपालिका र सात गाउँपालिका भएको झापामा दुई सय ८३ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो । संविधानसभाको निर्वाचन २०७० सालमा झापामा दुई सय ८६ मतदान केन्द्र थिएस्थानीय तह पुनःसंरचनाका आधारमा निर्वाचन केन्द्र तय गर्दा केन्द्र घटेको हो ।

यहाँ करिब पाँच लाख १८ हजार मतदाता छन् । गत फागुन ९ गतेसम्ममा पाँच लाख ८१ हजार आठ सय ५६ मतदाताको नामावली दर्ता भए पनि सो मितिसम्म १८ वर्ष उमेर नपुगेका मतदाताले मतदान गर्न नपाउने भएको हुँदा मतदान गर्ने पाउनेको सङ्ख्या कम भएको जनाइएको छ ।

झापामा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनपछि ६३ हजार पाँच सय ७६ मतदाता थपिएका छन् । निर्वाचन अधिकारी आचार्यले निर्वाचन आयोगले कुन नगरपालिका र गाउँपालिकामा कति मतदाता छन् भन्ने तथ्याङ्क भने चैत २० देखि २२ गतेभित्र मात्र जिल्लामा पठाउने राससलाई जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget