Websoft University

www.radiomakalu.com || 021-522512


नेरुसँग डलर एकवर्ष यता कै कमजोर



काठमाडौं,चैत ४ गते   । नेपाली रुपैयाँको तुलनामा डलर एक वर्ष यताकै सस्तो भएको छ । राष्ट्र बैंकको शुक्रवारको लागि डलर किन्न १ सय ४ रुपैयाँ ४२ पैसा र बिक्री गर्नको लागि १ सय ५ रुपैयाँ २ पैसा तोकेको छ ।
२०७२ पुसमा राष्ट्र बैंकले डलर खरिदको लागि १ सय ६ रुपैयाँ ६७ पैसा र बिक्रीको लागि १ सय ७ रुपैयाँ २७ पैसा तोकेको थियो । त्यसयता पटक पटक बिक्री दर १०६ सम्म आइपुगेको भएपनि १ सय ५ मा ओर्लिएको थिएन ।
अमेरिकी केन्द्रीय बैंक फेडले बुधवार आधार दरको रुपमा रहने व्याज दर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ । अमेरिकी ब्याज दर अब १ प्रतिशत पुगेको छ । ब्याज दर बढेको कारण अमेरिकी मुद्रा डलर अवमूल्यन हुन पुगेको छ भने सुनको भाउ उकालो लाग्न थालेको छ । लगानीकर्ताहरु भने फेडले जुन र डिसेम्बर समेत यो दर बढाउने आशंकका गरिरहेका छन् ।
नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको कारण अमेरिकी डलरमा भएको उतारचढावले प्रत्यक्ष असर नगरेपनि भारुमा यसको असर देखिने नेपाली मद्रामा पनि भारुको कारण असर देखिने गर्छ । भारतीय मुद्रा बिहीवार १६ महिनाकै उच्च भएको थियो । प्रति डलर भारुको दर ६५.४१ भारु पुगेको थियो । विश्लेषकहरुले भने भारुको मूल्यमा सुधारलाई अल्पकालिन भनेको छ । यो वर्षअन्त्यसम्ममा प्रति डलरको लागि भारु ६६.५ देखि ६७.५ सम्म तिर्नुपर्ने हुनसक्ने बताइएको छ ।

शुक्रबार बिहान पनि भारतमा डलरको थप माग (फ्रेस डिमाण्ड) वृद्धि भएपछि भारु केही सस्तो भएपछि प्रति डलरको लागि ६५.६५ भारु तिर्नु परिरहेको थियो । यो दर बिहीबारभन्दा ०.२४ भारु बढि हो ।
डलर बलियो हुँदा नेपाल भित्रने रेमिट्यान्समा भने केही कमि देखिने छ । मुद्रा सटहीमा कम रकम देखिने वा पाइने कारण पैसा पठाउने क्रममा केही कमि आउँन सक्छ । विहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको तथ्यांक अनुसार रेमिट्यान्स भित्रने दर खुम्चिदै यसको वृद्धिदर ५.२ प्रतिशतमा सिमित भएको छ । यता, डलर तिरेर आयात गरिने बस्तु भने सस्तिने छ ।
एक वर्ष यताको प्रति एक डलरको खरिद तथा बिक्री दर रु.मा, तथ्यांक : राष्ट्र बैंक



अनलाइनखबर







 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget