Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डलाई ओलीको प्रश्न-आफैं षड्यन्त्र गर्दै हुनुन्छ कि अरुको षड्यन्त्रमा फस्नुभयो ?


काठमाडौं फर्केपछि देउवालाई सोध्छु-कांग्रेसको प्रजातान्त्रिक आचरण कहाँ छ ?




महेन्द्रनगर,चैत ४ गते    । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पश्चिमी सीमा शहर महेन्द्रनगर पुगेर प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नियतमा प्रश्न उठाएका छन् ।


उनले सत्तापक्षमाथि हार्ने डरले चुनावबाट भाग्ने बहाना खोजिरहेको आरोप लगाएका छन् । मेची-महाकाली राष्ट्रिय अभियानको अन्तिम दिन कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओली प्रधानमन्त्री प्रचण्डभन्दा देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भए ।

प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चाको षड्यन्त्रको बन्दी हुन लागेको भन्दै ओलीले मोर्चाको नियत बुझेर भ्रममुक्त हुन सुझाव दिए ।

स्थानीय तहको संख्या बढाउने कुरा चुनाव नगराउने षड्यन्त्र भन्दै अब समय नरहेको बताए । ओलीले भने, ‘चुनावमा आउँछन् कि भनेर संख्या बढाउने भन्नुहुन्छ तर, उनीहरुको नियत अर्कै छ । चुनावमा नआए पनि भोलि हामीले भन्ने ठाउँ हुन्छ भन्ने उहाँको भनाइ छ । यो चुनाव नहुने कुरा भयो ।’

आजमात्रै आफूले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर स्थानीय तहको संख्या बढाउने समय नभएकाले त्यसमा नफस्न सुझाव दिएको ओलीले सुनाए । ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, तपाई आफैं षड्यन्त्र गर्दै हुनुुन्छ कि अर्काको षडयन्त्रमा पर्नुभएको छ ?’ उनले भने, ‘लोकतान्त्रिक प्रक्रिया, बहुमतको निर्णय नमान्ने र शान्तिपूर्ण राजनीतिक गतिबिधिमा बम हान्नेको भ्रममा परेर अलमल नगर्नुस् भनेको छु ।’

‘मधेसी मोर्चा डामेर छाडेको साँढे जस्तो’

मधेसी मोर्चा सरकारले डामेर छाडेको साँढे जस्तो भएको ओलीको टिप्पणी थियो । उनले लोकतान्त्रिक प्रक्रिया नमान्ने, अपराधिक गतिबिधि गर्ने र शान्तिपूर्ण कार्यक्रममा बम हान्नेहरुलाई पूर्ण रुपमा छुट दिइएको भन्दै आपत्ति जनाए ।

त्यसपछि ओली देउवा र कांग्रेसमाथि खनिए । उनले प्रमुख सत्तारुढ घटक कांग्रेसमाथि सरकार र गृह प्रशासन गलत ढंगले प्रयोग भइरहेको आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत आफूले हार्ने क्याम्पसमा चुनाव हुन नदिएर सत्तापक्षले गृह प्रशासनको दुरुपयोग गरेको आरोप लगाए । उनले भने, ‘सरकारमा हुनेहरु विद्यार्थीको चुनावमा समेत आफूले जित्ने भएमात्र चुनाव गराउने, नत्र हार्ने चुनाव नगर्ने, परिणाम घोषणा हुन नदिने र चुनावै हुन नदिने षडयन्त्रमा लागेका छन् ।’

ओलीले अघि भने, ‘कांग्रेसको प्रजातान्त्रिक अभ्यास कहाँनिर छ मलाई बताइदिए हुन्छ । दुई दिनपछि काठमाडौं गएर म शेरबहादुरजीलाई सोध्नेछु ।’

अध्यक्ष ओलीले स्थानीय प्रशासनहरुलाई सत्तापक्षको अनुचित दबावका आधारमा विपक्षीमाथि दमन नगर्न चेतावनी दिए । ‘प्रतिपक्षीलाई मुद्दा लगाउने, अपराध गर्नेलाई छुट दिने काम भइरहेको छ,’ उनले भने, ‘म भन्छु, डेढ महिने म्यादी सरकारको हुलामुलामा लागेर प्रशासनले काम नगरोस् ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget