Websoft University

www.radiomakalu.com || 021-522512


अवैध लागूऔषध ब्राउनसुगरसहित कैलालीबाट चार पक्राउ



 कैलाली,चैत ४ गते । कैलालीको त्रीनगर भन्सारबाट लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ब्राउन सुगर लगायतका अवैध लागूऔषधसहित ४ जनालाई सेती अञ्चल प्रहरी कार्यालय र त्रीनगर भन्सारको संयुक्त टोलीले पक्राउ पक्राउ गरेको छ ।


बिहीबार राति त्रीनगर भन्सार नाका भएर २ मोटरसाइकलमा आउँदै गरेका ४ जनालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १४ ग्राम ब्राउन सुगर, ४५ थान टयाब्लेट नाईट्रोभेट, ८ थान टयाब्लेट स्पास्मोप्रोक्सोभन र डाइलेक्स डिसी सीसी थान ४ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-२ बस्ने ३५ बर्षीय सन्जय न्यौपाने, डडेल्धुरा अमरगडी नगरपालिका-४ बस्ने ३० बर्षीय सरोज भट्ट, सोही ठाउँका २५ बर्षीय सुरेन्द्र भट्ट र अत्तरिया नगरपालिका-२ का ३२ बर्षीय सन्तोष भट्ट रहेको डिएसपी बुढामगरले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।-दीपक उपाध्याय, अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget