Websoft University

www.radiomakalu.com || 021-522512


सेञ्चुरीले अल्पाइन डेभलपमेन्टलाई प्राप्ती गर्ने



काठमाडौं,चैत ४ गते  । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हेटौंडामा केन्द्रीय कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौता ( मोमेन्ड्रम अफ अन्डरस्ट्याण्डिङ ) मा हस्ताक्षर गरेको छ ।

अल्पाइनले आफ्नो पूँजीमा हकप्रद जारी गरी करिब रु. ४४ करोड पूँजी पुर्‍याएर समाहित हुनेछ । सेञ्चुरीले चार संस्था प्राप्तीबाट करिब रु. २ अर्ब पूँजी प्राप्त गर्नेछ । बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्सलाई प्राप्ती गर्ने सहमति गरिसकेको छ । राष्ट्र बैंकले तोकेको नपुग पूँजी हकप्रद शेयर जारी गरेर तथा चालु आवको मुनाफाबाट रु. ८ अर्ब पूँजी पुर्‍याउने लक्ष्य लिएको छ ।


यसैगरी सबै सँस्थाहरुको प्राप्ति पछि बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुनेछन् । अल्पाइन डेभलपमेन्टको भने हाल १५ वटा शाखा सञ्चालनमा रहेका छन् ।

सेञ्चुरीको चालू आवको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २ सय १ प्रतिशतले वृद्धि भएको छ । हाल बैंकको चुक्ता पूँजी रु. ३.६८ अर्व रहेको छ । त्यसैगरी, चालु आवको दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget