Websoft University

www.radiomakalu.com || 021-522512


एमालेको मेची महाकाली अभियान शुरु, कसैले रोक्न खोजे मान्य नहुने ओलीको चेतावनी

झापा, फागुन २१ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियालाई रोक्ने प्रयासहरु भइरहेको बताएका छन् ।


मेचीमहाकाली अभियानको झापामा शुरुवात गर्दै एमालेका अध्यक्ष ओलीले चुनाव र संविधान कार्यान्वयन हुन नदिन र देशलाई अस्तिरता तर्फ लाने प्रयासहरु भइरहेको बताएका छन् ।

यसका लागि केही शक्तिहरु क्रियाशील रहेको भन्दै त्यसलाई चिर्नका लागि मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरेको उनले बताए । ‘हिंसा भड्काउन खोज्नेहरुलाई परास्त गर्नका लागि यो अभियान चलाइएको हो,’ ओलीले भने ‘मेचीदेखि महाकालीसम्म जहाँ भएपनि हामी नेपाली हौं हामी नेपाललाई सुखी र शान्त बनाउन हामीले यो अभियान मेचीबाट शुरु गरेका छौं । ’

ओलीले एमालेको अभियानलाई रोक्न केही शक्ति लागेको भन्दै आफूहरुले कसैका कार्यक्रम विथोल्ने, कसैका अधिकार नखोस्ने बताए ।

राष्ट्रियता, सार्वभौमसत्ताका विरुद्धमा राष्ट्रलाई अपमान गर्ने कुनै पनि गतिविधि गरे त्यो एमालेलाई मान्य नहुने भन्दै एमाले अध्यक्ष ओलीले कसैले एमालेलाई रोक्न खोजे त्यो मान्य नहुने बताए ।

एमालेले जनता बाहेको आदेश मान्दैनन भन्दै ओलीले भने,‘एमालेले कानून मान्छ, जनता वाहेकको आदेश मान्दैन’

संविधान संशोधन संविधान विपरित रहेको भन्दै ओलीले भन,‘संविधान संशोधन देशको हित विपरित भएका कारण हामी त्यो संविधान संशोधनलाई पारित हुन दिदैनौं ।’ उनले भने‘नैतिक हिसावले संसदले त्यसलाई पास गर्न मिल्दैन ।’

एमालेले आजबाट १५ दिने मेची महाकाली अभियान शुरु गरेको छ । झापाबाट शुरु भएको अभियान सुर्खेतमा पुगेर सकिने छ । काकडभिट्टाबाट शुरु भएको अभियान अन्तर्गत आजै विर्तामोड र दमकमा कार्यक्रम हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget