Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति रनिङ सिल्डको उपाधि भानुभक्त माविलाई

Image result for khelkud samachar


इलाम , फागुन २१ गते । इलामको साँखेजुङस्थित नेपालटार माविको खेलमैदानमा सम्पन्न नवौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि भानुभक्त मावि मङ्गलबारेले हात पारेको छ ।

प्रतियोगितामा एक सय ४२ अङ्क प्राप्त गर्दै भानुभक्त माविले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चिसापानीको जनता मावि एक सय ३३ अङ्कसहित दोस्रो र एकतप्पाको जनकल्याण मावि दोकानडाँडाले ८६ अङ्कसहित तेस्रो स्थान हासिल गरेको छ ।

दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार र नौ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी विद्यालयका विद्यार्थीलाई जिल्ला शिक्षा समिति अध्यक्ष एवम् स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा भलिबल, एथ्लेटिक्ससहित मार्सल आर्टसम्बन्धी खेल भएको थियो । जिल्लास्तरीय प्रतियोगिता हुनुपूर्व जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा छनौट प्रतियोगिता सञ्चालन गरिएको थियो । जसमध्ये क्षेत्रबाट छनौटमा परेका २५ विद्यालयका दुई सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget