Websoft University

www.radiomakalu.com || 021-522512


पाँच सय युवतीको उद्दार

Image result for chelibeti bechbikhan


इलाम , फागुन २१ गते । माइती नेपाल पशुपतिनगरले पाँच वर्षमा दलालको प्रलोभनमा परी भारत जान लागेका पाँच सयभन्दा बढीको इलामको पूर्वी सीमावर्ती नाकाबाट उद्दार गरेको छ ।

माइती नेपाल इलामका अनुसार सन् २०१२ देखि सन् २०१६ सम्ममा पाँच सय ५० जनाको उद्वार गरेको हो । माइती नेपालका संयोजक होम ढकालका अनुसार सन् २०१२ मा एक सय एक, सन् २०१३ मा ८८, सन् २०१४ मा सय, सन् २०१५ मा ९१ र सन् २०१६ मा १७० जनाको उद्दार गरिएको हो । नाकाबाट उद्दार गरिएकामा १६ देखि २५ वर्ष उमेर समूहका युवती रहेको जनाएको छ ।

नाकाबाट उद्वार गरिएका धेरैजसो अविवाहित, मावि र क्याम्पसमा अध्ययनरत युवती रहेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । भूकम्प, बेरोजगारी, पढाइमा असफलता लगायतका कारणले मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको संयोजक ढकालको भनाइ छ ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget