Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय पुरुष इन्डोर हक्की चैत्र ५ गते हुने


.
काठमाडौँ, फागुन २६ गते । काठमाडौँ हक्की क्लब र नेपाल हक्की सङ्घको संयुक्त आयोजनामा किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता आगामी चैत ५ गते हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ं को कभर्डहलमा हुने उक्त प्रतियोगितामा विदेशीसहित आठ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जानकारी दिनुभयो ।

नेपालबाट वीरगन्ज हक्की क्लब, काठमाडौँ हक्की क्लब, मकवानपुर हक्की क्लब, द जनकपुर हक्की क्लब, पोखरा हक्की क्लब, सुदूरपश्चिमाञ्चलको द हेल्प क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ ।

त्यसैगरी, विदेशबाट भने डिफेन्डिङ च्याम्पियन संयुक्त अरब इमिरेट्स (दुबई)को किङ खान हक्की क्लबको सहभागिता रहनेछ । एकदिने उक्त प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget