Websoft University

www.radiomakalu.com || 021-522512


काबुल अस्पताल आक्रमणमा मृतक सङ्ख्या ३८ पुग्याे



काबुल, फागुन २६ गते । अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ चिकित्सकहरु लगाउने सेतो कोटको पहिरनमा आएका बन्दुकधारीहरुले सरदार दाउद खान अस्पतालमा गरेको यस आक्रमणमा परी ३८ व्यक्तिको मृत्यु हुनुको साथै ७० भन्दा बढी घाइते भएका छन् ।
काबुलकाे सैनिक अस्पताल अाक्रमणमा परेकाहरूकाे शाेकाकुल अाफन्तहरू ।
छ घण्टासम्म लगातार जारी रहेको यस आक्रमणमा परी प्रायः डाक्टर, नर्स, बिरामीहरू परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
उक्त आक्रमणमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले बताएका छन् ।
अफगानिस्तानमा जारी हिंसा हत्या र आतङ्कसँग आवद्ध द्वन्द्वमा परी गत बर्ष ३ हजार ४९० व्यक्तिको मृत्यु हनुको साथै अन्य ७ हजार ९२० जना घाइते भएका संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहयोग मिसनले जनाएको छ । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget