Websoft University

www.radiomakalu.com || 021-522512


अन्डाको हेल्थ फन्डाः स्वास्थ्य र सौन्दर्यका लागि



अन्डा स्वादिलो हुन्छ । पकाउन गाह्रो छैन । अनेकौ परिकार बनाउन सकिन्छ । त्यसो त अन्डा आफैमा स्वाथ्यबर्द्धक छ, सौन्दर्यबर्द्धक पनि । यसमा रहेको पोषक तत्वले शरीर मजबुद हुन्छ । चाहे अनुहारको छाला चम्काउन, चाहे केसलाई मुलायम बनाउन अन्डाको प्रयोग गर्न सकिन्छ । त्यतीमात्र कहाँ हो र, प्रयोग गरिसकेपछि अन्डाको बोक्रालाई सजावटको सामग्री समेत बनाउन सकिन्छ ।

के पाइन्छ अन्डामा


अन्डामा प्रोटिन, कार्बोहाइड्रेट, राइबोफ्लेविन, कोलिन, भिटिामिन बि-१२, डि, ए बि-६, फोलेट, सेलेनियम, फस्फोरस, आइरन, जिंक, क्याल्सियम, पोटासियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छ ।

–    प्रोटिन, क्याल्सियम र ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसमा प्राप्त हुने प्रोटिनले मांशपेशी बलियो बनाउँछ ।

–    ओमेगा-३ फ्याटी एसिडले शरीरमा राम्रो कोलोस्टोर बढाउँछ ।

–    यसमा रहेको क्याल्सियमले हड्डी तथा दाँतलाई बलियो बनाउँछ ।

–    अन्डा सेवन गर्दा अमिनो एसिड मिल्छ, जसले शरीरको स्टामिना बढाउँछ ।

–    अन्डामा पाइने भिटामिन एले केसलाई बलियो बनाउँछ ।

–    अन्डाको सेतो भागमा उच्च रक्तचाप नियन्त्रण गर्ने तत्व हुन्छ ।

अन्डाको ब्युटी बेनिफिट्स

–    अन्डामा स्वास्थ्यसँग सौन्दर्यको राज पनि लुकेको हुन्छ ।

–    अन्डाको पहेंलो भाग घोलेर अनुहारमा लगाउनुपर्छ, यसले अनुहारको छाला मुलायम हुन्छ ।

–    अन्डाको सेतो भाग र ओटमिल मिश्रण गर्नुपर्छ, यसले तैलिया छालाको लागि फेस प्याक बनाउन सकिन्छ ।

–    अन्डाको पहेंलो भाग, कागतीको रस, जैतुनको तेल मिलाएर अनुहारमा लगाउनुपर्छ, रुखो अनुहारमा निखार आँउछ ।

–    अन्डामा एक चम्चा मह, जैतुनको तेल र केहि थोपा गुलाबजल मिलाएर लगाउनाले दागधब्बा हट्छ ।



केसको लागि अन्डाको प्रयोग

– अन्डाको सेवनले केसमा राम्ररी प्रोटिन मिल्छ । केस बाक्लो, मुलायम र बलियो हुन्छ ।

–    एउटा कचौरामा अन्डा फुटाएर हाल्ने, त्यसमा एक ठूलो चम्चा जैतुन वा बदामको तेल र एक चम्चा दही मिसाउने । यस मिश्रण केसमा लगाएर १५ मिनेट त्यतीकै छाड्ने । यो केसका लागि राम्रो कन्डिसनर हो ।

–    पातलो केसलाई बाक्लो बनाउनका लागि अन्डाको सेतो भागमा कागतीको रस चुहाएर त्यसको मिश्रण प्रयोग गर्नुपर्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget